म त हैन
न ता लडाएँ कुरुवा र पाथी मधेस होस् वा जन होस् कि जाति न ता बिटा छन् घरभित्र हात्ती प्रधानमन्त्री म त हैन साथी ।।
रमेश खकुरेल :
सित्तैं मलाई किन भन्नुहुन्छ
मैले गरी के कति ओखलिन्छ
जे भन्नु हो भन्नुहवस् न माथि
प्रधानमन्त्री म त हैन साथी ।।
छाती दुख्यो औषधि गर्नु पर्छ
करोड नै लाग्दछ नोट खर्च
कस्ताहरूले त लिएर आए
यै हो सजीलो नगदी उपाय ।।
मैले कताबाट दिने लिएर
आफै बसेको छु मुसो भएर
बन्दूक बोकी हिंडिएन राति
प्रधानमन्त्री म त हैन साथी ।।
न ता लडाएँ कुरुवा र पाथी
मधेस होस् वा जन होस् कि जाति
न ता बिटा छन् घरभित्र हात्ती
प्रधानमन्त्री म त हैन साथी ।।
न ता छ सम्बन्धनमा कमाइ
न ता छ संशोधनमा बधाइ
न छन् कुनै सेठहरू सँगाती
प्रधानमन्त्री म त हैन साथी ।।
०००
कमलपाेखरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest