साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त हैन

न ता लडाएँ कुरुवा र पाथी मधेस होस् वा जन होस् कि जाति न ता बिटा छन् घरभित्र हात्ती प्रधानमन्त्री म त हैन साथी ।।

Nepal Telecom ad

रमेश खकुरेल :

सित्तैं मलाई किन भन्नुहुन्छ
मैले गरी के कति ओखलिन्छ
जे भन्नु हो भन्नुहवस् न माथि
प्रधानमन्त्री म त हैन साथी ।।

छाती दुख्यो औषधि गर्नु पर्छ
करोड नै लाग्दछ नोट खर्च
कस्ताहरूले त लिएर आए
यै हो सजीलो नगदी उपाय ।।

मैले कताबाट दिने लिएर
आफै बसेको छु मुसो भएर
बन्दूक बोकी हिंडिएन राति
प्रधानमन्त्री म त हैन साथी ।।

न ता लडाएँ कुरुवा र पाथी
मधेस होस् वा जन होस् कि जाति
न ता बिटा छन् घरभित्र हात्ती
प्रधानमन्त्री म त हैन साथी ।।

न ता छ सम्बन्धनमा कमाइ
न ता छ संशोधनमा बधाइ
न छन् कुनै सेठहरू सँगाती
प्रधानमन्त्री म त हैन साथी ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x