साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनीपुर्जा

उनले भने, “खोइ नानी ! सबैले धनीपुर्जा पाइस् अब धनी भइस भन्छन् । दिनभरी लगाएर धनीपुर्जा ल्याएँ, राति भोकै सुतेँ ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“बडा ! धनीपुर्जा ल्याउनु भयो नि ?” श्रीधरले सुकुम्बासी धनवीरलाई सोधे ।
“अँ ल्याएँ बाबु !” उनले सरल जवाफ फर्काए ।

“कत्तिको झन्झट भयो ? मेयरले त सबै सुकुम्बासीलाई मेरै पालामा धनीपुर्जा दिलाउँछु भनेर भोट मागेका थिए ।” श्रीधरले पुन चासो राखे ।

“अँ नानी ! गाउँका सबैले पुर्जा त ल्यायौँ । त्यहीँ कुरा चल्दै थियो हामीलाई दिएको पुर्जाको जग्गा त बाटो बढाउँदा सबै बाटोमै पर्छ अरे ।” उनले अनभिज्ञता जनाए ।

“हो र ? बडा ! कहिँ न कहिँ त देलान् नि !”

उनले भने, “खोइ नानी ! सबैले धनीपुर्जा पाइस् अब धनी भइस भन्छन् । दिनभरी लगाएर धनीपुर्जा ल्याएँ, राति भोकै सुतेँ ।”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x