साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रैथाने बिउ

सम्झाउनु छ, आआफ्नो औकात अनि सम्झनु छ आफू प्रथम पाइला उभिएको जमिन र दूध चुसेको आमाको लाम्टा हामी चिल्ला मान्छे अहिले हाम्रा पूर्खा को थिए थाह छ ?

Nepal Telecom ad

दिनविनोद दाहाल :

मेरा बाको हजुरआमाले बाँसको ढुङ्ग्रामा राखेको बिउ
आजकल यो वणर्संकरको सौतेनी छोरा भा’छ
-या जङ्गबहादुरको मठ्याहा सन्तान
-या जेठो भएर पनि हक खोसिएको धृतराष्ट
-या पहिचान छुपिएको द्रौपदीको प्रेमी कणर्
-या चक्रव्यूहमा फसेको अभिमन्यु
-या बहुमतले हेपेका नोमेडिक बस्तीको अल्पसङ्ख्यक आदिबासी
डार्विन महोदय ! खै तपाईंको
‘सर्भाइभल अफ द फिटेष्ट’ पनि
आर्टिफिसियलको राज नहुँदासम्ममात्र रहेछ झैँ लाग्छ कहिले त
तर
होचो होला, पुड्को होला
यो नपुङ्सक छैन
कृत्रिम गर्भाधानको जरुरत पर्दैन
धर्तीमा फालिदिए पनि सडक बालकझैँ बाँच्छ यो
सिउडीको बोटझैँ बालुवामा हुर्कन्छ
मल र ओखति पर्खदैन
हिउले खाए पनि अग्लिन्छ
असिनाले चुटे पनि
हुरीबतासले लाछे पनि उठ्छ यो दूबो झैं
आङ तान्छ तनक्क
र आकाशतिर हेर्छ
चाहे जे होस्
खरानीमा आगो जोगाएर मेरी आमाले
सेकेको हातले जोगाउनु छ यसलाई
र सोध्नु छ
आँखाले स्वाद चाख्नेहरूलाई
बाँस झ्याङको जराबाट उम्रेको पानी
तिमीले खायौ कि खाएनौ ?
तिमीले पुरानो भोटो लायौ कि लाएनौ?

बाको हजुरआमाले जोगाएको रैथाने बीउ
रोप्नु छ करेसा बारीमा
-सम्झाउनु छ, आआफ्नो औकात
अनि सम्झनु छ
आफू प्रथम पाइला उभिएको जमिन
र दूध चुसेको आमाको लाम्टा
हामी चिल्ला मान्छे अहिले
हाम्रा पूर्खा को थिए थाह छ ?
हामी खुब अग्ला भएका छौँ हगि !
पुड्का रामोपिथेकसका सन्तान !

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x