साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजेश मानन्धरकाे कार्टुन किताब हेरेपछि

किताबको पृ. ९३ को कसैको दाह्री कसैको सारी तानेको विषय भएको कार्टुन पनि मनपर्दो छ । यसले नेपालको राजनीतिलाई देखाएको छ । एउटाले अर्कोलाई दोष लगाएर भाग्ने प्रवृत्ति देखाएको छ ।

Nepal Telecom ad

कुञ्जल शुभेच्छु लुइटेल :

राजेश मानन्धरको कार्टुनसङ्ग्रह भाग १ कार्टुनहरुको किताब हो । यसमा राजेश मानन्धरले बनाएका कार्टुनहरु समेटिएका छन् । यो किताब सानो पुस्तिका आकारमा छापिएको छ । यसको मूल्य २५० रुपैया रहेको छ । सम्भवत यो किताब लेखक आफैले छापेका हुन् । यसमा कतै पनि प्रकाशकको नाम छैन । किताबको पछाडि कभरमा लेखकको परिचय छ । अगाडि उमेश गुइँठे र मुकुन्द बोगटीका छोटा भूमिका समेटिएका छन् । त्यसपछि लेखकको भनाइ राखिएको छ ।

यस किताबको लेखकीयमा लेखकले यस्तो लेखेका छन् :
२०४६ सालमा पहिलो पटक कार्टुन छापियो ‘भाँडभैलो’ पत्रिकामा । त्यहाँदेखिको यात्राका एक दशकमा के कस्तो भयो देशको राजनीतिक, सामाजिक, आर्थिक विविध विषयमा देखिएका विकृति विसंगति हाँसो राम्रा नराम्रा पक्ष के के थिए जस्ता पक्षलाई चित्रमा प्रस्तुत गर्दै गएँ । ती चित्र सबैले बुझ्ने भएकाले मैले कार्टुन नै रोजेको रहेछु त्यस बेला ।

यस कुराले राजेश मानन्धरले कहिलेदेखि कार्टुन बनाए र किन बनाए भन्ने बुझाउँछ । यस किताबमा ११ पेजदेखि ९६ पेजसम्म एक एक वटा गरी जम्मा ८५ वटा कार्टुन समेटिएका छन् । यिनमा बढी राजनीति क्षेत्रका मानिसका कार्टुनहरु छन् । मलाई दोस्रो कार्टुनमा भएको विषय मन पर्यो । यसमा केटाकेटीको विषय समेटिएको छ । यो कार्टुन बालबच्चाका लागि भने त्यति राम्रो होइन ।

किताबको पृ. १६ मा आन्दोलनका बेला पुलिसले चोरको काम गरेको विषयको कार्टुन छ । यो निकै मनपर्दो छ । त्यसै गरी पृ. २१ को कार्टुन पनि मन पर्यो । यसमा फोहोरको डङ्गुरमाथि स्वास्थ्य हराभरा काठमाडौँ लेखिएको छ । त्यस फोहोरको डङ्गुरमा एउटा मान्छे घोप्टो परेर लडेको छ ।

यहाँ केही हामी जस्ता बालबालिकाले बुझ्ने खालका र केही नबुझ्ने खालका कार्टुन छन् । राजनीतिक कार्टुनमध्ये हाम्रा सञ्चारमन्त्रीका दुई आँखा गजब लाग्यो । यसमा एउटै आइप्याच वा चस्मामा कालो र सेतो रङ राखिएको छ । आइप्याचका दृष्टिले हेर्दा एकापटिको आँखामा कालो कपडा राखिएको छ र अर्कोपटि कपडा राखिएको छैन । यसरी कालोले विपक्षका पत्रकारलाई र सेतोले वा कपडा नभएको आँखाले पक्षका पत्रकारले हेरेको देखाएको छ । यसले राज्य विभेद गर्छ भन्ने सन्देश दिन्छ ।

किताबको पृ २९ को खानेपानी सप्लाई र सेफ्टी ट्याङ्कको सेवा दिने काम एउटै गाडीले गर्ने विषयलाई समेटिएको छ । यसले काठमाडौँको वा सहरको पानी र फोहोर व्यवस्थापनको कमजोरी दर्शाएको छ ।

किताबको पृ. ८० को कार्टुन अर्को मनपर्दो कार्टुन हो । यसमा बुढो नेतालाई भरखरको नेताले फाल्न लाग्दा सानो नेताले बुढा नेता फाल्ने डोको नफाल्नु है पछि काम लाग्छ भन्छ । यसले बाबु फाल्ने डोको लोककथालाई सम्झाउँछ ।

किताबको पृ. ९३ को कसैको दाह्री कसैको सारी तानेको विषय भएको कार्टुन पनि मनपर्दो छ । यसले नेपालको राजनीतिलाई देखाएको छ । एउटाले अर्कोलाई दोष लगाएर भाग्ने प्रवृत्ति देखाएको छ ।

किताबको पृ. ९४ को कार्टुन पनि मनपर्दो छ । यसमा देशको नेतालाई विदेशी पत्रकार अन्तरर्वार्ता लिन आएका छन् तर उसको सहयोगीले उहाँ अंग्रेजी सिक्तै हुनुहुन्छ तीन चार महिनापछि आउनु भनेको छ । यसले हाम्रा नेता अंग्रेजी जान्दैनन् भन्ने कुरा देखाउँछ ।

किताबको अन्तिम कार्टुन पनि मन पर्दो छ । यसमा दुई जना भड्किलो ड्रेस लगाएका केटीहरु बाटामा हिँड्दै कुरा गर्दैछन् । उनीहरु भन्दैछन्: हाम्रो पढाइसँग पो मत्लब राख्नुपर्ने ड्रेस र केशसँग के मत्लब (पृ.९६) । यस कार्टुनले स्कुल कलेजले पढाइमा भन्दा ड्रेसमा महत्त्व दिएको दर्शाएको छ ।

कार्टुनको किताब पढ्दा रमाइलै लाग्दो रहेछ । यस किताबमा धेरै केटी र नेताहरुलाई उल्याएको देखिन्छ । नेताले कमजोरी गरेकाले उल्याएको ठिकै लाग्यो तर केटीलाई उल्याएको त्यति राम्रो लागेन । पत्रिकामा छापिएका कार्टुन हुँदा यी कार्टुन त्यस बेलाका चर्चित कार्टुन होलान् भन्न सकिन्छ । यसको आवरणमा रहेको दासढुङ्गालाई उडाएको चित्रले नेपालका ठुला नेता मदन भण्डारीको हत्याको रहस्य नेताले नै लुकाएको देखाउँछ ।

राजेश मानन्धर चित्रकलामै एम फिल गरेका विद्वान् प्रतिभा हुन् भन्ने कुरा उनको परिचय हेरेर थाहा हुन्छ । उनको परिचयबाटै यी कार्टुनहरु भाँडभैलो, जनमञ्च, कान्तिपुर साप्ताहिक, लोकपत्र, हिमालय टायम्स, नयाँ सडक, अन्नपूर्ण पोष्ट, कामना, रकेट, छलफल, तरुण, झ्याइँकुटी आदि विभिन्न पत्रिका र पुस्तकमा छापिएका कार्टुनको संग्रह हो भन्ने थाहा हुन्छ । त्यसो हुँदा यो उनको धेरै लामो समयमा बनाएका कार्टुन चित्रहरुको संग्रह हो । यसको महत्व चित्रकला क्षेत्रमा छ । यसको अझ बढी महत्त्व चित्रकलाको कार्टुन विधाका क्षेत्रमा छ भन्ने लाग्छ ।

०००
२०८१ भदाै
युनाइटेड स्कुल, ललितपुर
कक्षा- ९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
एउटा रमाइलो कार्टुनको किताब ‘कोभिड १९’

एउटा रमाइलो कार्टुनको किताब...

कुञ्जल शुभेच्छु लुइटेल
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
0
Would love your thoughts, please comment.x
()
x