सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एउटा रमाइलो कार्टुनको किताब ‘कोभिड १९’

राजेश मानन्धर राम्रा कार्टुनकार हुन् । उनको एउटा अर्को राजेश मानन्धरको कार्टुन संग्रह पनि मैले हेरेको र पढेको थिएँ । त्यसका बारे पनि केही लेखेको थिएँ । अहिले अर्को कार्टुनको किताब पाएर खुसी लाग्यो ।

Nepal Telecom ad

कुञ्जल शुभेच्छु लुइटेल :

‘कोभिड १९’ किताब राजेश मानान्धरको कार्टुन संग्रह हो । उनीद्धारा कोभिडका विषयमा बनाएका कार्टुनको सकलन हो । यस किताबको भित्री पेजमा ‘कोभिड १९ कार्टुनसंग्रह भाग १’ भनिएको छ । यसलाई काडमाडौँ महानगरपालिका वडा नं ७ चावहिलले प्रकाशन गरेको हो ।

प्रस्तुत कार्टुनसंग्रहमा निकै ज्ञानवद्र्धक कार्टुन संकलन गरिएका छ । यसमा वडा नं ७ का वडाध्यक्ष बुद्धकुमार डङ्गोल, बुढनिलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्य, सहायक प्रिन्सिपल दीपकप्रसाद कायस्थ र तिमिला साक्य आचार्यका शुभकामना मन्तव्य छन् । त्यसै गरी सीताकुमारी ओझा, निश्चल श्रेष्ठ र हरिशरण ढुंगानाका शुभकामना मन्तव्यका साथै कार्टुनकार राजेश मानन्धरको भनाइ रहेको छ । यी भनाइले पनि किताबका बारेमा बताउँछन् ।

यस किताबमा ७७ ओटा कार्टुन समेटिएका छन् । यी सबै रमाइला छन् । सबैमा अंग्रेजीमा पनि भाषा दिइएकाले नेपाली बुझ्न नसक्नेलाई पनि रमाइला लाग्न सक्छन् । ७७ वटा कार्टुन सबैलाई मैले समीक्षामा समेट्न कठिन छ । त्यसो गर्न नसकेकाले म केहीको मात्र समीक्षा गर्दै छु ।

यहाँ भएका कार्टुनमध्ये पहिलो कार्टुन निकै रमाइलो छ । यस पुस्तककोे पहिलो कार्टुनमा कोरोनाको बेला कोरोना भाइरस आएर नयाँ वर्षको शुभकामना दिएर गएको कुरा छ । दोस्रो कार्टुनमा कोरोनाका डरले सबै थुनिएका र भाइरस कोही निस्कला कि भनेर बाटामा कुरेर बसेको चित्र छ । यस्ता कार्टुन हेर्दा र त्यहाँ लेखिएको भाषा पढ्दा रमाइलो लाग्छ ।

यहाँ समेटिएका कार्टुनमध्ये एउटामा खान नपुगेकाले बच्चालाई अनलाइन क्लासका लागि ल्यापटप र मोबाइल दिन नसकिएको र आमाले लकडाउन खुलेपछि छोरीलाई पढ्लिस् भन्दै सम्झाएको घटना समेटिएको छ (पृ.३९) । यो कार्टुन एकातिरबाट हेर्दा रमाइलो छ । अर्कातिरबाट हेर्दा मलाई त्यति राम्रो लागेन । किनभने यसमा बच्चालाई पढ्न नदिने र अहिलेको युगमा पनि पढाइ विरुद्ध गएर छोरीलाई मनोवैज्ञानिक असर पारेको मलाई मन परेन ।

यहाँ समेटिएका कार्टुनमध्ये एउटा कार्टुनमा कोरोनाका कारण विश्वभरिकै अर्थतन्त्र घटेको देखाइएको छ (पृ. ४३) । यो एक यथार्थवादी कार्टुन हो । किनकि यस कार्टुनमा देखाइएको चित्र र विषय यथार्थ किसिमको छ । आज पनि धेरै मानिसले र देशले यसको परिणाम भोगेका छन् । अझै सम्म पैसाको अभाव भोगिरहेका छन् ।

यहाँ समेटिएकामध्ये कार्टुनमा सार्वजनिक विद्यालयलाई दुरुपयोग गरिएको विषय प्रस्तुत छ । विद्यालयलाई लकडाउनका बेलामा मान्छेलाई क्वाटेन्टटाइनमा राख्ने ठाउँ बनाइएको । त्यस विद्यालयलाई हस्पिटलको जस्तो वातावरण पनि बनाइएको छ । यता निजी विद्यालयमा बालबालिकालाई भर्ना खुल्यो भन्दै विज्ञापन गरिएको छ पृ.६६) । यस कार्टुनका अनुसार कोरोनाको बेलामा बालबालिकालाई पढ्ने अवसरबाट वञ्चित गर्ने कार्य राज्यबाटै भएको भनिएको छ ।

नमुनाका रुपमा चर्चा गर्न खोजेको कार्टुन पनि रमाइलो छ । यस कार्टुनकाअनुसार कोरोनाको समय र मिति, गते र बार जति बढ्छ त्यति नै कोरोना बढ्दै जान्छ भनिएको छ । यसको चित्रमा पनि पहिलो चित्रमा थोरै र अन्य चित्रमा धेरै धेरै देखाइएको छ( पृ. ७३) । यस कार्टुनले चाहिँ बल्ल बल्ल हराएको कोरोना फेरि आएर हामीलाई असर पार्ने हो कि भन्ने त्रास पनि बढाएको छ ।

किताबको कार्टुनमा अर्थतन्त्रकै विषय देखाइएको छ । एउटा ठुलो टे्रनले मानिसलाई किचेको देखाएको छ । यस चित्रले हाम्रो पैसा र कमाइ दिनप्रतिदिन कमजोर हुँदै गइरहेको विचार राखेको छ (पृ. ७५) । यस कार्टुनलाई गहिरिएर हेर्ने हो भने छिमेकी राष्ट्र भारत र चीनमा हाम्रो धन गइरहेको छ भनेको पनि पाइन्छ ।

यस किताबमा धेरै खालका कार्टुन छन् । हाँ कुनै रोजगार नपाएर त्यसको मारमा सारा नेपालीहरु पर्नु परिरहेको छ भन्ने सङ्केत पनि गरेको छ । कुनैमा अनलाइनबाटै आमाको मुख हेरेको कुरा छ । कुनैमा परिवारमा कसैले खोक्ता डराउनुपर्ने कुरा पनि छ । एउटा कार्टुनमा सपनामा बालबालिकाले कोरोना भाइरसलाई लखेट्तै गरेको विषय छ (पृ.३०)। कोरोनाका कारण मान्छेका दाह्री र कपाल लामो भएको विषय पनि छ । एउटा कार्टुनमा कोरोनालाई बाघलाई जस्तै खोरमा थुनेर गाडीमा चढाएको देखाइएको छ पृ. ४९ । यी सबै रमाइला छन् ।

राजेश मानन्धर राम्रा कार्टुनकार हुन् । उनको एउटा अर्को राजेश मानन्धरको कार्टुन संग्रह पनि मैले हेरेको र पढेको थिएँ । त्यसका बारे पनि केही लेखेको थिएँ । अहिले अर्को कार्टुनको किताब पाएर खुसी लाग्यो । उनी राम्रा कार्टुन बनाउन सक्ने कार्टुनकार हुन् । उनको कार्टुन कला अझै विकास होस् । उनका अरु पनि कार्टुनका किताब पढ्न पाइयोस् ।

०००
युनाइटेड स्कुल, ललितपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राजेश मानन्धरकाे कार्टुन किताब हेरेपछि

राजेश मानन्धरकाे कार्टुन किताब...

कुञ्जल शुभेच्छु लुइटेल
टोयलेट मोड़ (९)

टोयलेट मोड़ (९)

कृष्ण प्रधान
खोपडी खेल

खोपडी खेल

नन्दलाल आचार्य
खोपडीको घनत्व

खोपडीको घनत्व

शेषराज भट्टराई
विदा गराउने शोक

विदा गराउने शोक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x