साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बङ्गारा छन् तिखा जहाँ

पैसाको खोजमा डुल्ने आततायी हराम छन् हन्तकाली घुयत्रोमा चुर्लुम्म यी हुँडार छन् नाफाखोरी गलेटामा निर्लिप्त झैं उदार छन् गुलामी र मलामीको चण्ड मुण्ड प्रकारछन्।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

धुन्धुकारी पसेका छन् यत्रतत्र जहाँ तहाँ
दलाली जो बनेका छन् इशाईको कहाँ कहाँ
भ्रष्टाचारी लुटेरा छन् सत्ताका धमिरा यहाँ
पारे खोक्रो स्वदेश नै बङ्गारा छन् तिखा जहाँ।१

आमाको शिर काटेर कोट भिर्छन् लिखा जहाँ
बाबाको भर काटेर नोट लिन्छन् उनै कहाँ
चोरीको खेल यो खेल्दै जुवाडे छन् यहाँ उहाँ
मौसमी चाल झैं चल्ने भरौटे भ्रष्ट छन् जहाँ।३

बन्धकीमा चल्यो देश लाज मान्ने छ को यहाँ
लज्जा छैन भनिन्छ के लाजनीति भयो कहाँ
नारामात्र उराल्दैछन् कात्तिके श्वान भै यहाँ
घारोकात्रो बटुल्दैछन् दाह्रानङ्ग्रा हुने यहाँ।४

नाङ्गो नाच चलेकोले उदाङ्गो दुष्ट कर्म हा
बाङ्गोटिङ्गो कतै बाटो पाटो बेचे कुकर्म हा
बाटोघाटो सबै थुन्ने आलाकाँचा तयार हा
सालासाली सबै पोस्ने नातागोता घमण्ड हा।५

भारी बोक्दै परायाको सङ्घीयता हुले यहाँ
टोले झोले फलाक्दैछन् कस्तो राम्रो प्रदेश हा
मण्डलेको रडाकोमा कुण्डले नाच्दछन् जहाँ
भाले गुण्डा समेट्दैछन् राजखानी घिचे कहाँ।६

पैसाको खोजमा डुल्ने आततायी हराम छन्
हन्तकाली घुयत्रोमा चुर्लुम्म यी हुँडार छन्
नाफाखोरी गलेटामा निर्लिप्त झैं उदार छन्
गुलामी र मलामीको चण्ड मुण्ड प्रकारछन्।७

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x