साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हो नि तरिका !

धन्यवाद दाजु, हजुर पवित्र मान्छे हो, पक्का !यो पर्वमा यति गर्व गर्ने आदरणीय दाजु हजुर मात्र ! हीराको मन छ हजुरको। मान्छे "कोहेनूर ! आई लभ यू दाइ ! आई रेस्पेक्ट यू,टू !!

Nepal Telecom ad

धनराज गिरी :

“उपाय छ दाजु !” मुसुक्क मुस्कुराए उनी, एक सफल र सार्थक किसान, अक्षरको, शब्दको, वाक्यको, इतिहासको, समाजको वर्तमानको, नाम पनि गज्जब “एम एम एम” कति सुन्दर। उनको खेती, सुनको खेती सावित भयो। शारदानन्दन उनी, वागीशपुत्र, कलमवीर, उनको दाजु” प्रोफेसर अजेयनारायण आशुतोष गजलोपाध्याय बलरामश्री आनन्द !” “आनन्द दाइ !” सबैको। उसको थेगो “इग्नोर इट र डौले !” रसिक, र रक्सीक पनि !

प्रोफेसरले भनेको थियो, “भाइ एम एम एम” तिमी भाग्यमानी, पदमपोखरीमा नुहाएर पवित्र बनी मदनपोखरा डुलेर आयौ, अक्षराश्री पायौ, यो दाइले ८०% ग्यारेन्टी त भनेकै हो, भाइ, मोग्याम्बो खुश हुवा, हेर भाइ, २०५१ सालमा हाम्रो स्कूलमा,सार्वजनिक, एस एल सीको नतिजा चमत्कारपूर्ण आयो, मेरो अनुरोध थियो साथीहरूसित, अब दायित्व थपियो। ईज्जत आयो,जोगाउनपर्छ। भाइले पनि जोर सगरमाथा आरोहण गर्यौ, अब धानिनुपर्छ। धेरै आरोहीहरू “दीपक तिजोरी” भएका छन्- मेरो भाइ “अमीताभ बच्चन” बन्नुपर्छ, धरावासी मात्र होइन, अमर बन्नुपर्छ ! सङ्केत बुझ्नू ! एउटा सिनेमा, दुईवटा सिनेमा सुपरहिट भएर मात्र हुन्न,”राजेश खन्ना” बन्नुपर्छ । यसपालि “सत्र पर्यो !” पदमपोखरी मात्र होइन, कमलपोखरी पनि शुद्ध भएको छ। आशीर्वाद छ, यो निर्मल, विमल, कन्चन योगी दाइको। अब के छ उपाय ?”

यही सिलसिलामा मिस्टर “एम एम एम” उत्तर दिएका थिए, “उपाय छ दाजी !” “लौ भन्नू त ! व्यग्र बनियो” प्रोफेसर ।

“अब खेती गर्दिन, सन्न्यासी बन्छु ! अनि स्तर कायम हुन्छ, हुन्न र ?” एम एम एम। “यो हो नि तरिका, मोग्याम्बो खुश हुवा !ल भाइ, आज म टनकपुरदेखि कनकपुरसम्म पुग्छु। मुकुन्द र कुन्द दाजीहरू सहयात्री, आफ्नो स्तर, “रफी स्केल” कायम राख्नू,आशीर्वाद छ। आमा र सानिमालाई मेरो नमस्कार छ। “प्रोफेसर ।” धन्यवाद दाजु, हजुर पवित्र मान्छे हो, पक्का !यो पर्वमा यति गर्व गर्ने आदरणीय दाजु हजुर मात्र ! हीराको मन छ हजुरको। मान्छे “कोहेनूर ! आई लभ यू दाइ ! आई रेस्पेक्ट यू,टू !! कोजाग्रत- जिन्दावाद !” एम एम एम ।

“लभ यू अनुज,सफल मनुज!” वार्ता सकियो । प्रोफेसर बलरामपुरतिर लाग्यो।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

बुझ्नै गाह्रो छत गिरिजीको गहकिलो अभिव्यक्ति त

Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x