साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि एउटा सिसिफस

म अघाएको छु देखेर जीवनको परिधि म निस्ताएको छु थाकेर जीवनको दौडमा कति कुद्नु नपुगिने लक्ष बुझेपछि र त आजकल समेटिरहेछु छरपस्ट जिन्दगीलाई ।

Nepal Telecom ad

सुरेन्द्र लिम्बू ‘परदेशी’

म पनि अल्बर्ट कामुको सिसिफसजस्तै
एक ढाकर आशाको भारी बोकेर
उत्तरसन्तुष्टिको चुचुरो चुम्नलाई
जीवनको कठिन उकालो चढिरहेको छु ।

गाडेर विचारको मूल थाम
बनाइरहेको छु एउटा विचारको कटेरो
प्रताडित बनेर जिज्ञासाको कोलाहलले
चढिरहेको छु
आफ्नै संवेदनाको धुरीमा ।

सधैं चढ्न चाहने मानवीय प्रवृत्ति
सधैं बढ्न चाहने सबैको होडबाजी
भुलेर आफूलाई अज्ञात उचाइको होडमा
मान्छे अज्ञातअज्ञात
बाँचिरहेका छन् ।

जीवनदेखि खाली हात
फर्कनेहरूको लाइनमा
म पनि त एउटा प्रतिबिम्ब
उभिएको छु

यद्यपि
मलाई नै किन थाहा नभएको होला
म पनि रित्तै फर्किरहेको छु भन्ने कुरा ?

मेरा आग्रही अभीप्साका रोपाहारहरू
अतृप्त उपलब्धिको उष्ण रोपाइँमा
आजकल हली बाउसे आफैं गर्छन्
र
विस्थापित गर्छन् आफ्नै अस्तित्व ।

अगति समयलाई गति दिन
म जीवनसँग द्रुतगतिमा दौडिएको हो
तर आज गतिशील समयकै
पिछा छाड्न मैले आफ्नै हातको
घडी फालेको छु ।

म अघाएको छु
देखेर जीवनको परिधि
म निस्ताएको छु
थाकेर जीवनको दौडमा
कति कुद्नु नपुगिने लक्ष बुझेपछि
र त आजकल समेटिरहेछु
छरपस्ट जिन्दगीलाई ।

०००
१७ असोज २०७९ लखनऊ ।
‘प्रिय मान्छेहरू’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्नहरूको सम्बोधन

प्रश्नहरूको सम्बोधन

सुरेन्द्र लिम्बु परदेशी
देशलाई सपूतको खाँचो

देशलाई सपूतको खाँचो

सुरेन्द्र लिम्बु परदेशी
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x