साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्नहरूको सम्बोधन

किन बिलाउँदैछन् बहुजात बहुभाषा यो एकात्मक अतिक्रमणको घोलमा ? किन घन्किँदैन हाक्पारे ख्याली र सेलो यो बहुसाँस्कृतिक समाजको आँगनमा ?

Nepal Telecom ad

सुरेन्द्र लिम्बू परदेशी :

कहिले माथि डाँडैडाँडा
पकन्दी खेल्दै हिँड्ने मान्छे
कहिले खोलाको किनारैकिनार
सुसेली मार्दै हिँड्ने मान्छे
आज तिमी सामु उभिएको छ
आफ्नै अस्तित्वको प्रश्न सोध्न
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?

ढलेको धरहराजस्तै देशको स्वाभिमान
ऊ स्वतन्त्र उभ्याउन चाहन्छ
रङ्गेहात समातिएको मन्त्रीको इज्ज्जतमा
निरोध फुटेजस्तै अन्योल छाएको छ
पर्दा झरेजस्तै गरिबीको रङ्गमञ्चमा
साथ छुटेजस्तै वितृष्णा बढेको छ
यस्तै अन्योलको घडीभित्र
उसले आफ्नो हैसियत सोध्यो भने
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?

किन बिलाउँदैछन् बहुजात बहुभाषा
यो एकात्मक अतिक्रमणको घोलमा ?
किन घन्किँदैन हाक्पारे ख्याली र सेलो
यो बहुसाँस्कृतिक समाजको आँगनमा ?
किन पाउँदैन दशैँको उचाइ अरु चाडले
यो बहुधार्मिक मुलुकको फूलबारीमा ?
ऊ सत्तासीन सरकारलाई सोध्न चाहन्छ
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?

मकैको सेपले किन ढलिरहेछ भटमास ?
जसरी किनारीकृतहरू ढलिरहेका छन्
स्वार्थको आगोमा किन बलिरहेको छ सत्ता ?
हामी दिउँसै राँको बालेर घाम खोजिरहेका छौँ
दिनानुदिन किन बढिरहेको छ वैदेशिक हस्तक्षेप ?
र बनिरहेको छ यो देश कसैको उपनिवेश
ऊ आफ्नो देशलाई सोध्न चाहन्छ
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?

०००
२५ असोज २०७९
११ अक्टोबर २०२२
लखनऊ, भारत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म पनि एउटा सिसिफस

म पनि एउटा सिसिफस

सुरेन्द्र लिम्बु परदेशी
देशलाई सपूतको खाँचो

देशलाई सपूतको खाँचो

सुरेन्द्र लिम्बु परदेशी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x