साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशलाई सपूतको खाँचो

देश र देशवासीको माया पाउनलाई एकपटक देशको सपूत जन्मिएर त हेर त्यो दिन तिमीलाई ज्यान दिन सबै देशबासी तयार हुनेछन् अवश्य सबै देशबासी तयार हुनेछन् ।

Nepal Telecom ad

सुरेन्द्र लिम्बू परदेशी :

केही हूल मान्छेहरू
आजकल
कहिले मेचीकाली फुक्छन्
कहिले लिपुलेक र लिम्पियाधुरा दुख्छन्
तर फुक्नु र दुख्नुको शाश्वत रङ्गमञ्चमा
हाम्रा आस्था र विश्वासका मुहानहरू
अक्सर बिचैमा सुक्छन् ।

राजनीतिक दलहरू
आआफ्नै नीतिनियममा
अनुबन्धित छन्
त्यसभित्र
खुल्लासत्र हुन्छ
बन्दसत्र हुन्छ
विपक्षीहरूलाई कसरी धोका दिने ?
आम जनमानसमा
कसरी भ्रम छर्ने ?
नेताहरूले कार्यकर्ताहरूलाई
प्रशिक्षण दिन्छन्
सायद त्यही प्रशिक्षणको
परिणाम हुन सक्छ
हामीले विपनामा सपना देख्नु
र त्यो सपनामा
मनको लड्डु घ्यूसँग खानु ।

किन ?
किन जन्माउँदिनन् नेपाल-आमाले
देशलाई निःस्वार्थ प्रेम गर्ने
समर्पित सपूतहरू ?
किन बाँझिए उनका
मातृत्वका उर्बर बैँसीहरू ?
किन भत्कियो उसको
स्वाधीनताको सगरमाथा ?
किन भइरहेछ
ऊ अरूको इसारामा नाच्ने
कुसुलेको कठपुतली ?

म चाहन्छु
मेरो देश अपुताली नहोस्
म चाहन्छु
मेरो देश वैरीको खेल मैदान नहोस्
त्यसैले
देश र देशवासीको माया पाउनलाई
एकपटक देशको सपूत जन्मिएर त हेर
त्यो दिन तिमीलाई ज्यान दिन
सबै देशबासी तयार हुनेछन्
अवश्य सबै देशबासी तयार हुनेछन् ।

०००
१६ जेठ २०७७
‘प्रिय मान्छेहरू’ (२०८०)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
सन्जिब राइ
सन्जिब राइ
2 years ago

अति नै सुन्दर

Nepal Telecom ad
म पनि एउटा सिसिफस

म पनि एउटा सिसिफस

सुरेन्द्र लिम्बु परदेशी
प्रश्नहरूको सम्बोधन

प्रश्नहरूको सम्बोधन

सुरेन्द्र लिम्बु परदेशी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
1
0
Would love your thoughts, please comment.x
()
x