साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामाका कुरा

यी अहिले मलाई फोन गर्ने नेताले बाख्रा पालन योजना बनाएछन् र सरकारी रकम खाएछन् । बोका पचाए बाख्री पचाए । अहिले त बाख्रा कराउन थालेछन् । अनि त रोइकराइ गर्न थालेका छन् हामीजस्ता जनतासम्म आएका छन् ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

धेरै दिन देखि मिश्रमामा आउनुभएको थिएन । मेरी उनले पनि सम्झेकि हुन् उनलाई । खासकारण के हो भने उनलाई पनि त हास्न मनलाग्छ । छोरा छोरी विदेशिए । बुढाबुढी मात्र घरमा हुदा को सँग बोल्ने को सँग हास्ने हुँदोरहेछ । त्यसमा पनि मिश्रमामा त हाँसोका पात्र नै थिए । उनलाई पनि कहा जाउँ को सँग बोलूँ को माथि चढूँ हुने नै रहेछ क्यारे । आउँछन् यदाकदा आइजाई भइरहेको थियो केही समय पहिलेदेखि । तर हाल केही समय मामाको उपस्थिति भएको थिएन । आज मिश्रमामा आउनुभो ।

मैले खातिरदारी गरेँ । भने के छ त मामा खबर भन्दा मामाले प्यट्ट भन्नुभो के हुनु बरबादै भयो नि ।
किन के भयो मेरो प्रश्नमा जवाफ आयो “मैले त खेत रोपेँ नि तीनहलको मेलो गैरी खेत रोपेर आ को”
मलाई खुसीशी लाग्यो । मैले प्रकट गर्दा मामाले भन्नुभो “के खुशी हुनु । अरुले पनि रोपे भने खान पाइएला तर त्यति विशाल फाँटमा मेरो मात्र खेत रोपिँदा त्यो त्यसै हराउन सक्छ । चरालाई खान पनि पुग्दैन । अरुले पक्कै पनि रोप्दैनन् । किनभने काम गर्न सक्ने मान्छे छैनन् गाउमा अहिले । मान्छे छन् त बुढाबुढी ती काम गर्न सक्दैनन् । बलिया बाङ्गा विदेशिए । गाउँ शुन्य छ । खेत पाखामा बाली लगाइँदैन । गाउँ नै मरेको लाश पल्टिएजस्तो छ भाञ्जा !”

मामाका कुरा सुनेर म दिकदार हुँदै थिएँ । मामाको मोबाइलमा घण्टी बज्यो । मामाले फोन उठाउनुभो । उताबाट के भनियो थाहा भएन । मामाको मुख एक्कासी बिग्रेको भने स्पष्ट देखेँ मैले । म उतापट्टि फर्केँ । मामाको फोन लामै भएपछि मामाले ख्वाक्क खोक्नु भो र थुक्नु भो । मलाई कुरा बुुझूँ बुझूँ भयो अनि मैले प्रश्न राखेँ । मेरो जिज्ञासाको उत्तर दिन थाल्नुभो मामा । उहाँले भन्नुभो, फोन त्यै बाख्रे नेताको थियो भाञ्जा ! फोनमै बाख्रो गन्हायो नि ।

मैले मामाका कुरा बुझ्न सकिनँ । त्यसैले बुझ्न खोज्दा मामाले भन्नुभो, “हाम्रा नेताहरूलाई जब पैसा कमाउन मन लाग्छ तव चुनावमा होमिन्टन् । जब जित्छन् अनेक अनेकका झुट्टा योजना बनाउँछन्, सरकारी ढुकुटीबाट मोटो रकम निकाल्छन् । तलदेखि माथिसम्म कुरा मिलाउछन् । नेता धनी हुँदै जान्छन् । देश गरिब हुँदै जान्छ । सुन्नु भएन एउटा नेताले सर्प पाल्छु, भनेर सरकारी ढुकुटीबाट मोटो रकम झिकेछन्, अर्काले गाई पाल्ने भनेर हसुरेछन् । अर्काले चम्री विकासका नाममा हसुरेछन् । कोही सहकारी काण्ड मच्चाउँदा रहेछन् । यी अहिले मलाई फोन गर्ने नेताले बाख्रा पालन योजना बनाएछन् र सरकारी रकम खाएछन् । बोका पचाए बाख्री पचाए । अहिले त बाख्रा कराउन थाले छन् । अनि त रोइकराइ गर्न थालेका छन् हामीजस्ता जनतासम्म आएका छन् ।

मलाई त जब उनको फोन आउछ फोनमै मत्तु बोको गन्हाउछ भाञ्जा ! गाइ पाल्नेलाई खोर्यात लागेको छ सर्प पाल्ने आफै घिस्रिन्छन रे । यस्ता धेरै कुरा छन् । सबैका पोल बिस्तारै खुल्दै छ अरे ।
मिश्रमामा आज बस्नुभएन मेरो घरमा । खुरुक्क जानु भो ।
मलाई त मिश्रमामाका कुरामा विश्वासै लागेको छैन । तर पनि सोच्दै छु ।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x