साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभचिन्तकको सवाई

पानी धमिल्याएर माछा मार्न हिउँदमै बर्खा लाउनु हुन्छ हजार जिब्रा भएका शेषनागले पनि वणर्न गरेर नसक्ने वहाँ अर्ती उपदेशको खानी हुनुहुन्छ झलक्क हेर्दा खत्रा ज्ञानी र दानी हुनुहुन्छ ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

हो वहाँ !
सात्विक हुनुहुन्छ
पुरातात्विक हुनुहुन्छ
अध्यात्मवादको मुखुण्डो लाएर
अघोर आत्मवादको कैँची चलाउनु हुन्छ
देखिने गरी मुसुक्क मुस्काउनु हुन्छ
नदेखिने गरी चसक्क ढाड खुस्काउनु हुन्छ
नजीकैबाट गला मिलाउनु हुन्छ
परैबाट थला बसाउनु हुन्छ
वहाँ चटकी र चतुर
आकाश- पाताल जोडेर साह्रै हँसाउनु हुन्छ
गीता पाठ गरि गरि सीता हरण गर्नुहुन्छ
ब्यारे हैन भनी भनी
अतिक्रमण गर्नुहुन्छ
बाहिर बाहिर कडा उपवास
भित्रभित्रै चर्नुहुन्छ
हो, वहाँ घनिष्ठ शुभचिन्तक पर्नुहुन्छ
औँठीको लोभ देखाएर हात काटी लिनुहुन्छ
घरगोठमा आगो लाइदिएर थोत्रो दमकल दिनुहुन्छ
वहाँ अपरम्पार हुनुहुन्छ
जे गर्न पनि तयार हुनुहुन्छ
उतै बसेर यताको खेतीपाती भ्याउनुभाछ
उतैको र्‍याप र पपमा यताको झ्याउरे गाउनुभाछ
सेता हात्तीदेखी भेडाबाख्रा पाल्नुभाछ
बुहारी अन्माएर छोरी सुमर्न थाल्नुभाछ
स्विमिङपुल बढाउने भनेर
मेरो करेसो मिच्दै आउनुहुन्छ
चुइँक्क बोल्नै हुँदैन
पुच्छरमै आगो लाउनुहुन्छ
वहाँ शाकाहारी हुनुहुन्छ
तर मेरो गिदी चाटिरहनु हुन्छ
घरी घरी उपद्रो गरेर
मेरो कलेजो काटिरहनु हुन्छ
मेरो सर्वस्व हडप्न हरदम
षडयन्त्रको चर्खा चलाउनु हुन्छ
पानी धमिल्याएर माछा मार्न
हिउँदमै बर्खा लाउनु हुन्छ
हजार जिब्रा भएका
शेषनागले पनि वर्णन गरेर नसक्ने
वहाँ अर्ती उपदेशको खानी हुनुहुन्छ
झलक्क हेर्दा खत्रा ज्ञानी र दानी हुनुहुन्छ
भो ! नकुरा गरौँ धेरै
हेर्दा साह्रै मजाको देखिनुहुन्छ वहाँ
तर, साह्रै नमजाको हुनुहुन्छ ।

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x