साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीसुका चार ठोक्तक

कागले कान लग्यो भन्दा छाम्दै नछामी कागकै पछि कुद्ने कसै कसैले हुल बनाउँछन् ।

Nepal Telecom ad

दीपक सुवेदी :

१. नेता
संयमित आचरण नभएका दुराचारी हुन् नेता
जति खाए पनि उस्तै मङ्सिरे भकारी हुन् नेता
समृद्धिका सपना बाँड्दै भिक्षा माग्दै हिँड्ने
ढुुङ्ग्रामा हालेको पुुच्छरझैँ भ्रष्टचारी हुन् नेता ।

२. समाजसेवी
अरूको प्रगतिमा आफ्नै आँगन खन्नेहरू
बगलीमा छुरा बोकी मुखले राम भन्नेहरू
हिजोआज पनि देख्दा उदेक लाग्छ हजुर
छेपारालेझै“ रूप फेरेर समाजसेवी बन्नेहरू ।

३. नुन
ल्हासालाई खासा बनाउने सुन नै त हो
छहराको आवाज पनि धुन नै त हो
बेला मौका बिचारेर हिरा फोर्ने मान्छे
आफ्नो बनाउन खुवाउने नुन नै त हो ।

४. हुल
सम्बन्धको घराना कसैले कुल बनाउँछन्
लक्ष्यमा पुुग्न फट्के कसैले पुल बनाउँछन्
कागले कान लग्यो भन्दा छाम्दै नछामी
कागकै पछि कुद्ने कसै कसैले हुल बनाउँछन् ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x