साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चित्रगुप्तको गुप्तचित्र : समसामयिक बिब्ल्याँटाप्रति व्यङ्ग्य

Nepal Telecom ad

अनाकाङ्क्षित घटना वा कार्यरूप जब समाजलाई कलुषित पार्ने कारण बन्दछन्, तब समाजमा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महशुस गर्दोरहेछ ।  height={{read_more}} जब द्रष्टाले आफ्नो क्षोभलाई संयमका साथ हास्य रसमा भिजाएर लिपिबद्ध गर्दछ तब व्यङ्ग्य रचनाको सृष्टि हुँदोरहेछ । यही समाज र समयकोे अग्लो होचोलाई थाक्दै नथाकी हास्यव्यङ्ग्यको माध्यमबाट सम्याउन तम्सिएका असमको विश्वनाथ जिल्ला, पानीभण्डारका अर्जुन निरौला (१९६९) को चित्रगुप्तको गुप्तचित्र (व्यङ्ग्य निवन्ध संग्रह–२०१७) भारतीय साहित्य प्रतिष्ठान, तेजपुरले प्रकाशन गरेको छ ।

राजनैतिक सीमानाले भाषाको सीमालाई साँच्चै घेर्न सक्दैन रहेछ । कला, साहित्य र संस्कृतिको सीमा राजनीतिको भन्दा अलिक फरक हुँदोरहेछ । राजनीति सीमाको विस्तार सीमित भए पनि कला, साहित्य र सांस्कृतिक सीमाको विस्तार टाढा टाढासम्म हुँदोरहेछ । समयका साक्षी स्रष्टाको यस कार्यमा महत्वपूर्ण भूमिका पनि हुँदोरहेछ । अनि समयले पन्छाएर पर सारेका जीवन र समयलाई समाएर आधार शिविरबाट माथि पुुगेका जीवनको साक्षी स्रष्टा त हुँदोरहेछ ।

निबन्धकार अर्जुन निरौलाले निबन्धरूपमा मानवीय व्यक्तित्व र समाजका अन्तर्विरोधरूपको परिक्रमा गरेका छन् । नेपाली समाज र सामाजिक जीवनप्रति उनी चिन्तित देखिन्छन् । उनका निबन्धमा चिन्तनका कुरारूप प्रशस्त आएका छन् । सर्वसाधरण जनताका लागि जति जे गरे पनि आँप अमिलो फेला पर्छ । पानी धमिलो फेला पर्छ । चिनीमा कमिलो फेला पर्छ । कमन पिप्पललाई तीनसय पैँसट्ठी दिननै एप्रिल फूल ।” नेपालीरूपको चालप्रति व्यङ्ग्य गर्दै निबन्धकार भन्छन्– मिस्टर लेट नेपाली भएको छ । निबन्धकारका विचारमा लेट हाम्रो संस्कृति भइसकेको छ । कुनै पनि संस्कृति एउटा पुस्ता हुँदै अर्को पुस्तामा सर्ने गर्दछ । यस्तै हाम्रो समाजमा लेटले संस्कृतिकै रुप लिएको छ । यही लेट दर्शनलाई हामीले आत्मसात् गरेका छौँ । यसले राजनीतिक र प्रशासनिक क्षेत्रमा समेत आफ्नो प्रभाव जमाएको छ । यिनै असङ्गति र बिडम्बनारूपको उद्घाटन गर्दै शाश्वतता, स्तरीयता र मानक रुपका साथ निजी आक्रोश, ईष्या र प्रतिशोधको साधारणीकरण गरेका छन् ।

न उठ्न सकेको, न त सुत्ननै सकेको गोर्खाल्याण्ड आन्दोलन र नेतारूपको निच व्यवहारको उजागर गर्नुका साथै मानवीय दुर्बलताको विश्लेषण गर्दै जतिनै आन्दोलन र परिवर्तनका कुरा गरेपनि दूरबीन लगाएर हेर्दा जूनकिरीझैँ ज्योति नेपालीले बाल्न नसकेको विश्लेषण सहित नेपालीलाई व्यङ्ग्य गरेका छन् । तर पनि बिहान भएपछि घाम झुल्केकै छ, बर्खा पानी परेकै छ, शीतपछि वसन्त आएकै छ । हिम्मत हार्नु हुँदैन । सपनारूप साकार पार्नका लागि ब्यूँझनुपर्छ भन्दै सबै नेपालीका भिन्न भिन्नै समस्या र इच्छारूप हुनु नै अहिलेको सबैभन्दा ठूलो सामूहिक समस्या रहेको बताएका छन् । सीमित आयतनभित्र कुनै विषयको वैयक्तिक वर्णका साथ गरिएको जीवन्त प्रस्तुति नै निबन्ध हो । निबन्धरूप पढ्दै जाँदा पाठकलाई अर्जुनका निबन्ध गुलाव रायले भने जस्तै लाग्छन् ।

हास्य र व्यङ्ग्यको मूल स्रोत एउटैै भए पनि दुवैको छुट्टाछुट्टै प्रभाव हुन्छ । हेर्दा एकनासै लागे पनि व्यङ्ग्यले हँसाउने मात्रै काम नगरेर सोचाउँछ पनि । हास्यले शुद्ध मनोरञ्जन प्रदान गर्दछ, तर हास्यसँगै व्यङ्ग्य जोडिएपछि यसले हास्य रसका साथै चिन्तनको एउटा मेलो प्रदान गरेको हुन्छ । हास्य जब स्थूलताबाट टाढिँदै सूक्ष्मतातर्फ जान्छ, तब यो बिस्तारै व्यङ्ग्यमा परिवर्तित हुन्छ । व्यङ्ग्य रचनाले समाजका विसङ्गतिलाई छर्लङ पार्छ, तर मार्जित रुपमा । यसको आफ्नै स्तर हुन्छ । आफ्नै मूल्य अनि आफ्नै मानवीयता हुन्छ ।

निबन्धकार अर्जुन निरौला विसंगति मात्र खोजी गर्नु आफ्नो प्राथमिक र पवित्र कर्तव्य भएकोले लुगाको सग्लो ठाउँरूप चाहिँ दृष्टिमा नआउने, उध्रिएको ठाउँ मात्रै आउने उल्लेख गर्दै उध्रेको ठाउँमा चिहाउनुको अलग्गै मजा छ क्यारे ! भन्छन् । वर्तमान समयको विसंगतिमाथि निबन्ध लेख्ने क्रममा ठाउँ ठाउँमा लेखकले नझुक्याई ठ्याक्कै रेखाचित्र बनाएको पाठकले पाउँछन्, जो नाङ्गा छन्, अश्लील चाहिँ छैनन् । तर पुस्तकमा समेटिएका धेरै निबन्धमा निरौला मानवीय दुर्वलताप्रति व्यङ्ग्य गर्छन् भने केही निबन्धले पाठकको मनमा काउकुती लाउँछन् ।

हिजो आज देशको विकासको लागि स्कीमरूप बनाउँदा टाउकेरूपको गोजी पूर्तीजनक स्कीम मात्रै आउने गरेका छन् । जनता जहिल्यै तल हुन्छन् घिउचैँ माथिकाले मात्र पाउँछन् । अर्जुन भन्छन्– “झुक्याउनु भनेको चक्मा दिनु पनि हो । हामीलाई त धेरै दिन तक्मा दिएरै चक्मा दिए । त्यहाँ पछि सोनियामा दुनिया देख्ने पनि झुक्किए । दिदीलाई गिदी बेच्ने पनि झुक्किए । अब मोदीका गोदीमा बस्नेरूप झुक्किन के बेर ? निरौलाका निबन्ध पढ्दा यथार्थताको धरातलमा आनन्दानुभूति लाग्छ । अनि पाठकलाई साँच्चै लाग्छ– “व्यङग्य रचनारूप मान्छेको अपमान होइन रहेछ, बरु अपमानित मान्छेको अभिव्यक्ति चाहिँ रहेछ ।”

नेपाली माष्टर भएर कलम चलाउनु, कि सीमानामा गएर फलाम समाउनुदेखि बाहेक अरु विकल्प नभएको बताउँदै माष्टर उत्पादनकारी जात भएपछि सबै सिकाउने मात्रै छन् । सिक्ने त एउटै छैनन् । यस्तो प्रवृतिलाई प्रश्रय दिँदा हामी, हाम्रो समाज र राष्ट्र नै दिन प्रतिदिन अधोगतितिर धकेलिरहेको छ । कामप्रति लगनशीलता नभए जडताको जन्म हुन्छ भने कामप्रति गतिशीलता भए सिर्जनशीलता देखिने निबन्धकारले व्याधि एक, विधि अनेकमा बताएकाछन् । विकृत मानसिकताले ग्रसित हाम्रो समाज व्यवस्था खिचडी भएको भन्दै खिचडीको शुरुवात पछ्याउँदै गाएका छन् । पछ्याउँदै जाँदा बीरबल द ग्रेट कुक भएको र उनैले पहिला खिचडी पकाएको पत्ता लगाउन सफल भएकाछन् । निबन्धकार यसका लागि खिचडी द ग्रेट फूडमा मुगलकालसम्म पुगेकाछन् । निबन्धरूपमा नेपाली भाषा, साहित्य, संस्कृति र भूगोलको परिचय गराउँदै निरौलाले नेपालीपनको महत्वलाई सर्वोच्च तुल्याएकाछन् । पुस्तकभित्र २९ शीर्षकमा उखान र सुक्तीरूपको प्रयोग गर्दै सामाजिक बिब्ल्याँटारूपप्रति अर्जुन दृष्टि लगाएकाछन् ।

चित्रगुप्तको गुप्तचित्र निबन्ध संग्रह एक व्यक्तिले अर्कालाई हानेको छड्के मात्र होइन, यो त नेपाल र भारत वर्षको वर्तमान समाज व्यवस्थामा रहेको भ्रष्टचार र दुर्नीतिमाथि गरेको अचूक प्रहार पनि हो । यो त एक्काइसौँ शताब्दीको नेपाल र भारतको समग्र इतिहास पनि हो । शरद जोशीले भने जस्तै अर्जुन निरौलाको व्यङ्ग्य, कर्मबाट पलायन हैन, यो दुष्कर्मका बिरुद्ध लेखिएको सार्थक साहित्य हो ।

साँच्चै, अर्जुनका निबन्ध पढ्दा पाठकलाई देवकोटाले भने जस्तै निबन्ध एक किसिमको धूर्त वदमाश ठिटो जस्तै लाग्छ । जसका माध्यमबाट अर्जुनले वर्तमान समयको विकृति र विसंगतिमाथि हास्य र व्यङ्ग्यका मट्याङ्ग्रारूप मार्फत झाँक्को झारेका छन् । निबन्ध एक किसिमको मनको जालीले जगत्मा लहडी माछा मार्ने कला हो । निबन्धकार अर्जुन निरौलाका निबन्धरूपमा अलेक्जेण्डर स्मिथ र देवकोटाले भने जस्तै गद्य भाषाको कोमल संवेदना, सङ्क्षिप्तता र काव्यात्मकता हास्यव्यङ्ग्यात्मकता, कथात्मकता, समसामयिक विकृति एवं विसङ्गतिको चित्रण, वस्तुपरकता र प्रयोगवादिता पाइन्छ ।

आधुनिक नेपाली निबन्धको उत्तरार्धमा हास्य व्यङ्ग्य निबन्धको राजमार्ग फराकिलो भएपनि असमेली नेपाली साहित्यमा भने सानो गोरेटोमा सुस्तरी हिँडेको अवस्था छ । अहिलेसम्मकै असमेलीको हास्यव्यङ्ग्य निबन्धको कृतिगत लहर हेर्ने हो भने चन्द्रकुमार शर्मा (प्रयात) को मेरा बारीका भाते करेला, ब्रिजलाल शर्माको पोलखोल पछि नै अजुर्न निरौलाको चित्रगुप्तको गुप्तचित्र आउँछ । त्यसैले असमीया र नेपाली दुवै भाषामा हास्यव्यङ्ग्य लेख्ने अर्जुन निरौलाले एकलव्यले झैँ धैर्य लिएमा यस कृतिले अर्जुनलाई निवन्धको क्षेत्रमा सुनौला अक्षरले नाम लेख्न सहयोग गर्ने छ ।
झापा, नेपाल
djsubedi@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x