सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ढिंडो र चाउचाउ चिन्तन 

Nepal Telecom ad

हरेक कुराको परिचय आवश्यक हुन्छ । नयाँ मान्छेसँग परिचय गरिन्छ । नयाँ बेहुली घरभित्र हुलियो भने उनको हालीमुहाली चेलीको नालीबेली केरकार हेरहार गरिन्छ height= ।{{read_more}} प्रस्तुत लेखमा पनि ढिंडो र चाउचाउको इति वृत्तान्त परिचय प्रस्तुत गर्नु मनासिप नै ठहर्ला ।

ढिंडो सग्लो लिँडो सबैले खान्छन् तापनि अहिलेका आधुनिक अङ्ग्रेजीबाज छोरा छोरीहरूलाई ढिंडोका बारेमा बताउनु नै पर्छ किनकि वर्तमान पुस्ताले चाउचाउ, चाउमिन, चिजबल्स चिन्छन् तर ढिंडो चिन्दैनन् । स्वस्थ शरीरका लागि के ठिक के बेठिक छुट्याउने क्षमता आर्जन गर्न सकेका छैनन् । त्यसैले आफ्ना पुर्खा के खाएर लाठे र तिघ्रे भएका थिए त्यसका बारेमा कनिकुथी केही जानकारी दिनु अघिल्लो पुस्ताको धर्म र दायित्व भित्र पर्छ ।

ढिंडो आफ्नै अँगेना चुलामा पकाउन सकिन्छ । ढिंडो तयार गर्न धेरै जनशक्तिको जरुरत पनि पर्दैन । अल्छी एकान्त प्रिय हली गोठालादेखि लिएर भान्सै नटेक्ने साहित्यकारले पनि ढुमढुमती भोकै बस्नु भन्दा ढिंडो पकाएरै पेट भर्नु बुद्धिमानी ठान्छन् । छिटो छरितो भरपर्दाे ढिडोको पानी उम्लिएपछि ढिडोको आधा काम सकियो भनेर जाने हुन्छ । उप्रान्त पिठो हालेर छिटोछिटो मस्काउन पटमुर्खले पनि सक्छ । तालिम र अभ्यासको आवश्यकता पर्दैन तर एक पटक प्रत्यक्षानुभव गरियो भने जान्नेमा परियो भनेर जाने हुन्छ । अहिलेका नयाँ पुस्तालाई उदेक र अनौठो लाग्न पनि सक्छ । चुलाका दुलामा दाउरा हालेर आगो बालेर कराइमा पानी हालेर जब पानी भकभक नाच्न थाल्छ तब जुनसुकै अन्नको पिठो हालेर दाबिलाले धावा धावा मस्काइन्छ भने त्यसलाई ढिडो भनिन्छ । 

ढिडो सुस्त मनस्थिति, अल्लारे, टाठो बाठो, वृद्ध बयोबृद्ध, तन्नेरी, मुर्ख जस्ताले पनि तयार गर्न सकछ । विद्वान्ले त ढिडोलाई हलुवा नै बनाएर भकुर्न सक्छ । हरेक कुरालाई मिठो नमिठो, राम्रो नराम्रो, आफू पायक र लायक पार्ने काम आफ्नै हातमा हुन्छ । जाँगर न साँगर खाने बेलामा आँ गर गरेर मात्र हुँदैन । इच्छा शक्तिमा भर पर्छ । 

वर्तमान अवस्थामा सुगर रोगले क¥यापच्याप पारेका भद्र भलाद्मीहरूले आफ्नो चित्त, देह, आत्मामा त्यस्तै रसिलो पसिलो, जोसिलो ढिडोको स्मरण गरिराखेका हुन्छन् । उपचारकर्मी चिकित्सकले भातलाई लात हानेर दुवै हातले ढिडो बजाउनु सुगर निरोधक संगत योग्य ओखती बताएका हुनाले नेपाली श्रम शक्ति लगाएर अन्नबाट तयार पारिने ढिडो दुर्बल र सिंगो सक्कलका खातिर अति उपयोगी र हितकारी मानिन्छ । हाम्रै खेतबारमिा उत्पादन भएको गहु, मकै, कोदो, फापर, चामल, जौ, उवा अनेक भाँती अन्नको पिठोबाट तयार गर्न सकिन्छ । तातो तातो पाकेको ढिडो खाएपछि थाकेको ज्यानलाई तरान दिन्छ । गाउँघरमा कडा कठिन काम गर्नु प¥यो भने धानको भात भन्दा ढिडोलाई अगाडि सारिन्छ । गुन्द्रुकको झोल देखि टिम्बुरको छोप, अचार, दाल, दुध दही अनेक मिठा नमिठा सितनको सरसंगतबाटै ढिडो मुखमा हालेपछि चिप्लिएर रुद्र घण्टी हुँदै पेटभित्र जाने गर्छ । रोगी दुर्बल मान्छेको सिंगो कदका लागि ढिडोको डिउटी प्रसंसायोग्य र सराहनीय मानिन्छ । दिनभरि गोरु जोतेको होस या अरू कुनै कडा परिश्रम थालभरिको केही नाल ढिडोले दुर्बल र थकाई परपर भगाइ दिन्छ । त्यसैले पुराना पुस्ताले हकभोग गर्दै आएको ढिडोको उपभोग र उत्पादन नयाँ थोत्रा सबै पुस्तालाई ग्राह्य र हितकारी भन्न करै लाग्छ ।

पहिला पहिला गरिबका घरमा मात्र पाक्ने ढिडो ठिक उल्टो भएर धनीका घरमा पाक्न थालेको छ । गरिब गुरुवा निस्फिक्री भात खान्छ थालका थाल । धनीका घरमा ढिडोको नाल । गर्दैन गरिब रोगको ख्याल । जँचाउँछ धनी सालका साल । ढिडो माथि पुस्तौँदेखि गरिबले जमाएको अधिकार धनिद्वारा तोडिएको छ । भातलाई दोष दिँदै दिन प्रतिदिन ढिडोतर्फ नजिकिएका कारण छिटो छिटो पिठोको भाउ आकासिरहेको छ । जंगली साग गरिबले खाने तिउन, सिस्नु धनिले हसुरेर सखाप पारिसके । सिस्नुको व्यवसायिक खेती नै गर्नु पर्ला जस्तो भइसक्यो । हरेक कुराको भाउ उकालो लाग्नुको श्रेय धनीलाई जान्छ । 

अहिले बजारमा छ्यापछ्याप्ती पाइने चाउचाउ आकासिएको देख्दा कतै धनिमानीहरूले चाउचाउ खोकिलामै बोकेर हिँडेका छन् कि जस्तो लाग्छ । हरेक भाउ बढाइमा कतै धनीले गल्ती गरेर खल्ती भरेकी भन्ने शंका लाग्छ ।

आत्मीय खुराक ढिडो तयार गर्न पिठोको जरुरी परेझैँ चाउचाउ बनाउन पनि गहुँको पिठो अनिवार्य मानिन्छ । उद्योग मन्त्रालयको स्वीकृति लिएर मात्र पिठोको घान हालेर चाउचाउ तयार गरिन्छ । उद्योगमा दुनियाँले रुचाउने पचाउने बनाउन बुद्धि, विवेक र कामदारलाई निवेक अनिवार्य मानिन्छ ।

एक्काइसौँ शताब्दीको जनजिब्रोमा झुण्डिएको अति लोकप्रिय खुराक खाजाको अभिन्न अङ्ग चाउचाउ आफूले पनि खाइन्छ र प्रियलाई पनि खुवाइन्छ । दाँत नहुनेलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भए पनि दाँत छ भने कुरुम कुरुम झुरुम झुरुम मर्काउन आनन्द दायक पायक मानिन्छ । जहाँ जता लगेर जुन हातले खाए पनि मिल्ने । खोकिलामा चाउचाउ चेपेर चर्पीमा पुरानो चाउचाउ फाल्दै नयाँ चाउचाउ मुखमा हाल्दै एकै पटकमा दुइटा काम गर्दा पनि हुने क्या काइदा । समयको चरम सदुपयोग । मठ मन्दिर, जहाज, बस, रेल, बाटो घाटो, पुल, पुलेसा, अड्डा, अदालत जहाँ जसरी घिचे पनि हुने । प्याट्ट प्लाष्टिक पड्कायो गुदी खायो बोक्रो फाल्यो । वातावारण प्रदूषणको प्रमुख कारक तत्त्व ।

ढिंडो खान लजाउनेहरू चाउचाउ धक फुकाएर खान्छन् । सिदा, सौगात, कोसेलीमा चाउचाउ चल्छ तर ढिडो चल्दैन । असल कोमलाङ्गी महिला मन्दिरमा पुजारीमा नचुनिए जस्तै शैक्षिक संस्थाहरूमा खाजाको लागि ढिडो अगाडि सारिदैन । शिक्षक, विद्यार्थी, फाउण्डरका झोलामा पनि चाउचाउ नै होला झैँ लाग्छ ।

घरमा सम्धी सम्धिनी, ज्वाइ, जेठान, जेठाजु, बडाबाबु, बडीआमा, साना बाबु, सानीआमा, हाकिम, इन्जिनियर, डाक्टर, पाइलट, नर्स, व्यापारी, वकिल, कनिष्ट देखि विशिष्ट पाहुनाकै अगाडि चाउचाउको प्याकेट फुटाइन्छ । ढिडो लुकाइन्छ र पुष्ट पारेर पठाइन्छ । जसकोसुकै हातमा हेर्नु कि मोबाइल कि चाउचाउ । यसो भए पछि ढिडो संकट ग्रस्त खुराक लपलपी खान मिल्यो तर लोप हुने अवस्थामा पो गुज्रिराखेको छ ।

भारत हुँदै भित्रिएको चाउचाउ सबैका साथमा र हातमा भएपछि न भुइमा न भाँडामा हुनु स्वभाविकै हो । ढिडोको उत्पत्ति उत्पादन, उपभोग, उपयोग मानव इतिहास सँगसँगै भएको मान्नुपर्छ । यो ताजा, तातो, तिउन सितनसँग चोब्दै घुट्लुक घुट्लुक निल्न सकेमा यसलाई गुणग्राही, हितकारी र संवेदनशील खुराकको रूपमा लिन सकिन्छ । बिगार भनेपछि यसले केही गर्दैन मात्र पचाउन सक्नुप¥यो । ढिडो चपाएर निल्दा शोभायमान मानिँदैन । त्यतिखेर ज्ञाताले भनि हाल्छन् । कस्तो ढिडो खान पनि नजान्दोरछ । यसले कसैको घाटी दरफराएको इतिहास छैन । तर चाउचाउले घाँटी कोर्ने, कोतर्ने, पेटलाई सन्तुलित राख्न नसक्ने, बिरामी मैत्रीहिन बासीतासी हुनाले यसलाई उच्च स्वास्थ्यका लागि झट्ट विश्वास गरि हाल्न सकिँदैन भने ढिडो आदिवासी भनाउँदाको प्रमुख रोजाइमा पर्ने र सुगर, प्रेसरलाई समेत बशमा राख्न सक्ने क्षमता भएको हुनाले आगामी अतिथिगणका थालमा ढिडोको नाल सजाउन र मुखले बजाउन आफ्नोपन र पारासँग लाज मान्नु भएन है । 
शिवशक्ति मार्ग, फूलबारी–११
पोखरा, कास्की
फोन : ९८०६६७७५९४

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई