साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ६०)

प्रभा खाेज्न टाढा नजाऊ कुदेर छ साथै तिमी खाेज राम्रो बुझेर कुनै कार्य साँचेर बाँकी नराख तथा, हिँड्न सक्नू बचाएर साख ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

जेठाबा

बनाैँ कर्मयाेगी नछाडेर काम
गराैँ याेग व्यायाम भेटिन्छ राम
गरे ध्यान खुल्ने छ हाम्रो कपाट
यसैले सदा सङ्लिने हाे ललाट।।३७९।।

नपाराैँ कतै चित्त हाम्रो निराश
निराशा लिएमा हुने छाैँ विनाश
बुबाले दिएका कुनै मन्त्रतन्त्र
नियाल्ने गराैँ बारवेला स्वतन्त्र।।३८०।।

बुबाले गरेका सबै नित्यकर्म
भुराले बुझेभित्र भेटिन्छ मर्म
यसैमा छ विज्ञानकाे सार तत्त्व
नठानाैँ कुनै ब्रह्मविद्या असत्य।।३८१।।

हिँडाेस् चित्त संसार सारा नियाल्दै
बसाैँ ध्यानमा नासिका प्वाल हेर्दै
कहाँ जान सक्ला र याे चित्त टाढा
घुमी आउने हाे लिई प्रेम गाढा।।३८२।।

सबै फाल्छ याे ध्यानले राेग भाेक
उतै जान्छ फर्केर सन्त्रास साेक
छ याे साधना एक राम्रो विहार
डुबाैँ याेग अभ्यासमा हुन्न हार ।।३८३।।

अनेकाैँ यहाँ ध्यानका छन् विधान
कुनै एक राेजाैँ नखाेजेर मान
यही ध्यान गर्दै लिई चित्त शुद्ध
बने बुद्ध आफैँ सबैका प्रबुद्ध।।३८४

गरी साधना नित्य अष्टाङ्ग साधी
यसै साधनामा लिएका समाधि
छँदै छन् ठुला तथ्य हाम्रा पुराना
घरैमा बसी थाम्न सक्छाैँ विधान।।३८५।।

सदाचारमा व्यस्त राखाैँ शरीर
बनाैँ कर्मले नित्य आफैँ गभीर
नपालाैँ कुनै साथ आलस्यलाई
बसीभित्र डस्ने छ ऐश्वर्यलाई।।३८६

भलाे भावना हाेस् सबैमा समान
नखाेजे कुनै कार्यमा सानमान
गरे हुन्छ सक्दा सबैकाे भलाइ
नसक्दा नकाेर्नू सकैमा सलाई।।३८७।।

प्रभा खाेज्न टाढा नजाऊ कुदेर
छ साथै तिमी खाेज राम्रो बुझेर
कुनै कार्य साँचेर बाँकी नराख
तथा, हिँड्न सक्नू बचाएर साख।।३८८।।

(क्रमशः)

०००
२०८/३/२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x