मुक्तिनाथ शर्माजुँगाको चमत्कार
मैले पनि एक ताका जुँगा पालेको थिएँ । मैले मेरा जुँगाको माया, ममता र इज्जत गरेरै पालेको थिएँ । मेरो उद्देश्य जुँगा पाल्नेहरूलाई देखाउनु पनि थियो । तर मैले जुँगा बचाउन सकिनँ ।

मुक्तिनाथ शर्मा :
मान्छेका भाले प्राय सबैका जुँगा र दारी हुने गरेको छ । हुन त अरु प्राणीका पनि दारी जुँगा भएको पाइएको छ । यसो भए पनि चर्चा हुने गरेको पाइएको छैन । मान्छेका भालेका माथिल्लो ओठमा नाकको ठिक मन्तिर भएका रौंलाई जुँगा भन्ने चलन छ । यस्ता जुँगावालमा लमजुङे मान्छेको जुँगा सायद धेरै लामा थिए । त्यसैकारण प्रख्यात थिए । त्यसैले जिल्लाको नामै रहेको हो क्यारे लमजुङ । साथै। लमजुङमा हुने मान्छे लमजुङे भएको पनि कल्पना गर्न सकिन्छ जुँगा कारण ।
लमजुङेका जुँगाका धेरै धेरै हास्यव्यङ्ग्य कथा छन् । त्यस्ता कथा मध्येको एउटा कथा सम्झेर बेला बखत म एक्लेै पनि हाँस्ने गर्दछु । कथा केहो भने प्राय जुँगा नहुने जातका एकजनाका जुँगा आएछन । गाउँलेले उनलाई अनेकानेक शङ्का पनि गरेछन् । यो कुरो उनलाई थाहा थिएन । तर जुँगाको यति माया गरेर जोगाउँदा रहेछन कि जुँगा तल माथि नभै पूर्व मेची र पश्चिम महाकाली ताके झै फैलिएका रहेछन । उ प्राय जुँगाको तारिफ गरेर थाक्दा रहेनछन् ।
एक दिन उनको विरोधी जो उनका जुँगाको डाह गर्ने गर्थ्यो राति सुटुक्क गएर जुघेका जुँगाको एका पट्टिको जुँगा कैचीले कुटुक्क काटिदिएछ । जुङ्घे काजी उठ्नासाथ उनको हात जुँगामै पुगेछ ।उनी चित खाए । उनलाई त म आफै हु या होइन भएछ । श्रीमतीलाई बोलाएर सोधेछन । भनेछन हैन म त्यहा छ कि यहाछ ? श्रीमतीजी केहै जवाफ नदिई केवल हासिछन् मात्र । जुङ्घे गाउमा थए प्रश्न त्यहि गरे । जसले सुन्यो ऊ हाँसी मात्र रह्यो । यसो भए पछि जिल्लाको नामले अझै सार्थकता पाएको हो रे भन्नेहरू अझै भेटिन्छन् ।
भन्नेहरू भन्ने गर्छन् जुँगाको महत्व लमजुङ बाटै सुरु भएको हो ।लमजुङका बाहुन बाजे जुँगा पाल्थे । यसैको सिको राजघरानामा पनि पसेको हो भनिन्छ । हाम्रा तत्कालिन राजाहरू जुँगा पाल्थे । न्याय निसाव गर्दा जुँगा हेरि निसाव गर्ने वा भाग लगाउने प्रथाको पनि बिकास भएको थियो रे । खसीकाटेर भागलगाई खानेहरू भने जुँगा हेरि भाग लगाउन पाइने छैन भन्थे रे ।
अझै पनि लमजुङमा जुँगा पाल्ने मानिस धेरै देखिन्छन् । त्यहाँका एक जना नेताजी पनि जुँगे भनेर ख्याति प्राप्त थिए । मैले पनि एक ताका जुँगा पालेको थिएँ । मैले मेरा जुँगाको माया, ममता र इज्जत गरेरै पालेको थिएँ । मेरो उद्देश्य जुँगा पाल्नेहरूलाई देखाउनु पनि थियो । तर मैले जुँगा बचाउन सकिनँ । यसको एउटा प्रसङ्ग छ-
मलाई नेपालका ख्यातिप्राप्त एकजना ठूला प्रशासकसँग भेटेर एउटा काम गराउनु थियो । अर्का त्यस्तै सज्जनको सहयोगमा त्यो काम गर्न प्रशासकलाई भेट्न जाने सल्लाह भयो ।
हामी दुईजना घरबाट निस्कियौँ । केही समय हिँडेपछि एकजना मानिस भेट भए । मसँग जाने सज्जनले उनलाई नमस्कार गरे । मैले यस अघि नदेखे नचिनेको हुदा नमस्कार आदि केही गरिनँ ।
हामी छुटियौँ मसँग जाने सज्जनले भने हामीले दिउँसो भेट्ने मानिस उनै रहेछन् ।
अब के गर्ने भन्ने कुरा हुँदा जुँगा काट्ने सल्लाह भयो मैले जुँगा काटेँ । बिहानको म ‘म’ रहिन काम बन्यो ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































