साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सापटी

साह्रो परेको छ यसो मबाट चलाएको सापटी पाउँछु कि भनेर के भनेको थिएँ तिम्रो पैसा खाएर भागेको छु र म ? भनिदिए । म चुपचाप एउटा अपराधी झैँ खडा भएर छेउको कुनामा बसे ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

भरेको खल्ती जता पनि चल्ती । रित्तो खल्ती जता पनि मिल्की । खल्ती टाईट हुनुपर्छ जता पनि चल्छ । रित्तो खल्ती भए नचल्ने दुवानी हुन्छ ।

खल्ती विश्व बजारको नाम हो । यहीँ खल्तीलाई कसैले गोजी, कसैले पकेट, कसैले थैला, कसैले मनी ब्याग भनेका छन् ।

जे होस खल्ती बारे पछि कुनै दिन फुर्सदमा चर्चा गरौँला । आज यहीँ खल्तीमा बस्ने पैसाको आदानप्रदान बारे केही गोप्य कुरा तपाईंलाई सुटुक्क भन्नु थाले।

लाँदा बिरालो भएर लाने फर्काउने बेलामा बाघ हुने जुन बस्तु हुन्छ त्यसको नाम हो सापटी । कुरा बुझ्नु भयो । कुरा बुझ्नु भयो भने पक्का तपाईं पनि पीडित पक्ष साथमा खडा हुने जनभेला हो । यस्तै जनभेलाको गुनासो, पीडा अनि दुखद घटनाको नाम पनि सापटी हो भन्छु म त ।

यो सापटी लाँदा खेरि लिने मान्छेको अनुहार हेर्नु भएको छ ? बोली सुन्नु भएको छ ? उसले सुनाएको हृदय स्पर्श कथा सुन्नु भएको छ ? लाँदा त भिजेको मुसा जस्तो गरेर लगेपछि उसको कहिले ताना सुन्नु भएको छ ? आज यस्तै झ्याउ लाग्दो बग्मफुसे कुरा सुनाउनु काम नभए टाइम पास गर्नु बसेको छु । साँच्चै तपाईंको टाइम पास कसरी हुन्छ ? मेरो त यस्तै टुङ्गो न पुच्छरको कुरा गरेर नै टाइम पास हुन्छ । मैले जानेको नै यति हो ।

यस्तो बग्मफुसे कुरा गर्नु पनि मान्छेले अनुसन्धान गर्नु पर्छ ! प्रमाण बिनाको कुरा गरे आजकल कसले पताउँछ त ? यस्तै बिना बिथाको कुराले पनि मानिसको जीवनलाई सतर्क गराउँछ ।

अँ साँच्चिकै म के भन्दै थिएँ । मुसा बिरालो बाघ यस्तै कुरा गर्दै थिए… होइन लाँदा बिरालो जस्तो म्याउ गरेर लान्छन् अनि फर्काउने बेलामा बाघ जस्तो गर्दा कसको चित्तबुझ्दो हो त ।

लाँदा जसरी लगेको दिँदा खुरूक फर्काउदा कसो होला । आफ्नै कुरा गरौँ एक जानाले तीन दिनको लागि भने साप्टी लगेको आज तीन साल भयो न फर्काउने कुरा गर्छन् न फर्काउछन् । समयले यत्रो चक्कर काट्दा उनले भुले कि भनेर एक दिन दाजु खै ! साह्रो परेको छ यसो मबाट चलाएको सापटी पाउँछु कि भनेर के भनेको थिएँ तिम्रो पैसा खाएर भागेको छु र म ? भनिदिए । म चुपचाप एउटा अपराधी झैँ खडा भएर छेउको कुनामा बसे । फेरि मागौँ त भागेको छैनन् नमागौं त आज तीन साल भयो ।

लानेबेलामा मुसा जस्तै दुनियाँ कथा कविता सुनाएर लागे माग्दा त सानो एक हरफमा कथा सकिदिए हुन्छ नि ।

हाम्रो तिर लालखाता खुब चल्छ तपाईंको तिर… लालखाता महिनाभरिको सर समान लेखेर लाने सजिलो उपाय हो। एक समय हाम्रो घरमा दोकान थियो । एक जाना दाजु आएर केही समान लालखातामा लेखाएर लगे त्यो दिन देखि न दाजु त्यो बाटो हिँडे न अनुहार नै देखे ।

यसरी सापटी लानेले भोलि दिन्छु भनेर गएको कहिले भोलि नआएको पनि देखे । सापटी दिनु पनि डर.. आपत परेर दिनुपर्छ आफैंलाई पछि फर्काउने समय आपत पार्छन् ।

०००
सिलीगुडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x