साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३४)

सिमानामा यसोभन्नु भन्दा खुरुक्क मान्दछिन् आमाबाबुहरू भन्दा मलाई मित्र ठान्दछिन् । रोकेर प्रहरी हाम्रो लिन खोज्दैछ हुर्मत आँटिलो मन भन्दैछ यतै जान्छ कि इज्जत ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

चेलीबेटी फकाएर सीमापार गराउने
आँट गर्नेहरूलाई नीति बन्छ सघाउने ।४२१

कति बेच्यो कता बेच्यो भन्ने पत्ता लगाउने
काम हो देशबासीको मेरो काम निदाउने ।४२२

छोरी चोरी हुँदासम्म चाल पाइन्न के गरी
बाबू आमा सबैलाई झाँको झारिन्छ बेस्सरी ।४२३

कोहो जोखिम लाग्दो यो काम सिकेर आउने
सजिलो छैन यो काम मान्छेलाई फकाउने ।४२४

गाह्रो काम जहाँ हुन्छ त्यहाँनै दाम आउँछ
कसरी राज्यले यस्ता कर्मीलाई समाउँछ ।४२५

दलाली नाम राख्नाले कर्मीको अपमान भो
मेरो जीत भए पक्कै फेर्छु नीति रहन्न त्यो ।४२६

स्वदेशी बेच्नका निम्ति विदेशीको बजारमा
पुग्ने मान्छेहरूलाई पार्नु हुँदैन मारमा ।४२७

धेरैको घर चल्दैछ यसैगरी सधैँभरी
श्रमजीवीहारूलाई सजाय दिनु के गरी ।४२८

गल्ती पक्कै उसैको हो फकाउँदा फकिन्छ जो
बुझ्नुपर्ने उसले हो बनिन्छ वा सकिन्छ त्यो ।४२९

राम्रो भविष्यका निम्ति भागी बिहे गरौं भनी
गोप्य सल्लाहले बाटो नयाँअवश्य लिन्छ नि ।४३०

कुराकानी मिलेकोले घरै छोडेर भाग्दछिन्
लगेको हैन हामीले उनै अगाडि लाग्दछिन ।४३१

राजीखुशी उनै आइन् जबर्जस्ती भयो कहाँ
रिझाएर गरेँ धन्दा मेरो दोष रह्यो कहाँ ।४३२

सिमानामा यसोभन्नु भन्दा खुरुक्क मान्दछिन्
आमाबाबुहरू भन्दा मलाई मित्र ठान्दछिन् ।४३३

रोकेर प्रहरी हाम्रो लिन खोज्दैछ हुर्मत
आँटिलो मन भन्दैछ यतै जान्छ कि इज्जत ।४३४

जसोतसो पुग्यौँ पारी छेक्ने यहाँ त को छर
चेली साटेर ठेलीमा अब फर्किन्छु म घर ।४३५
क्रमशः

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x