साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता, कारक तत्व र परिणाम

पसारोमा पर्ने उर्ध्वगामी छु भन्दै नभन्दै चिन्ताको राजखानी हसुर्दै हसुर्ने खानेको चालबाजी नचल्दा नचल्ने खोटाको मोह चर्को छ चिन्ता।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

महत्वाकाङ्क्षाले दुःख ल्यायो वितण्डा
वितण्डाले गर्दा रुन्छ आफ्नै छ फण्डा
र फण्डा जाग्नाले बढ्न जाँदैछ तृष्णा
वितृष्णा औतारी हुन्छ चिन्ता छ कृष्णा।१

हतौडा अकाङ्क्षा चोट देला फफर्को
फफर्को चल्नाले द्वेष आक्रोष चर्को
छ चर्को औडाहा अन्ध बन्ला ततर्को
ततर्कोले भारी बोक्छ चिन्ता छ लर्को।२

छ पैसाको भोको चिन्न माटो नसक्दा
नसक्ने जो मान्छे लाग्छ बाटो नजोख्दा
नजोख्ने चौपट्टै उर्ध्वगामी छ योध्दा
छ योध्दा ज्यालाको एक चिन्ता नबुझ्दा।३

उज्यालो खोज्नेले जान्नु पर्ने कुरामा
कुरामा अल्झिन्छन् झुम्म पार्ने सुरामा
सुरामा पौडिन्छन् हात लाग्यो छुरामा
छुरामा के होला पर्छ चिन्ता छ आमा।४

पढ्यो के शिक्षा खै नामधारी उधारो
उधारो दीक्षाले धुन्धुकारी हतारो
हतारोमा फस्दा बन्द पायो तगारो
तगारोमा कुर्दा बाँच्न चिन्ता छ साह्रो।५

पसारोमा पर्ने उर्ध्वगामी छु भन्दै
नभन्दै चिन्ताको राजखानी हसुर्दै
हसुर्ने खानेको चालबाजी नचल्दा
नचल्ने खोटाको मोह चर्को छ चिन्ता।६

कुरेका दोबाटो हन्तकाली भिखारी
भिखारी दाताको काम लिन्छन् शिकारी
शिकारी पारामा दुष्ट फस्छन् डकारी
डकार्ने चिन्ताले भ्रष्ट बन्छन् चकारी।७

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x