साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघ बुढाको कथा

धेरै युद्ध स्वयं लडे विगतमा धाएर गौँडा गढी नारी साथ लिएर बाल बबुरा ठाडो उकालो चढी वैरी धेर विध्वंस पार्न रणमा डिँड्थे खुँडा नै जडी टिक्ने साहस शत्रुपक्ष कहिल्यै राख्दैनथ्यो सो घरी ।

Nepal Telecom ad

रामशरण न्यौपाने :

फित्कौलीतिर हाल्नुपर्दछ भने हालौँ बुढाको कथा
छातीमा पिँजडा बुनेर कति पो पालौँ बुढाको कथा
साक्षी साथ बुढी लिएर गफिदै थालौँ बुढाको कथा
आस्थाले अब लौ त वीर रसमा ढालौँ बुढाको कथा॥१

नामै बाघबुढा भनेर यिनको चिन्छन् सबैले पनि
मारे बाघ लडेर युद्ध यिनले हानेर मुड्की भनी
पुग्थे शैल चढेर लेक कहिले झर्थे यी बेसी अनि
गर्थे हो घर गोठ नित्य सजिलै बेजोड तेजी बनी॥२

गर्थे काम ठुला ठुला विगतमा अत्यन्त नै साहसी
हुन्थे खान तयार एक दिनमै पोलेर सिङ्गो खसी
गर्थे काम खटेर रात दिन नै त्यो खेत बारी पसी
बोक्थे भार ठुला ठुला अजङका हिँड्थे सँगै षोडशी॥३

मेला पर्म गरेर लोक सब नै राख्थे रिझाईकन
गर्थे काम अनेक लोक हितका पारेर चोखो मन
खर्चेको यिनले छ हो बहुत नै सङ्घर्षमा जीवन
यस्ता व्यक्ति हुँदा स्वतन्त्र छ यहाँ नेपालको नन्दन॥४

धेरै युद्ध स्वयं लडे विगतमा धाएर गौँडा गढी
नारी साथ लिएर बाल बबुरा ठाडो उकालो चढी
वैरी धेर विध्वंस पार्न रणमा डिँड्थे खुँडा नै जडी
टिक्ने साहस शत्रुपक्ष कहिल्यै राख्दैनथ्यो सो घरी॥५

यस्ता नै युवती तथा युवकको खाँचो छ यो देशमा
उम्दा स्रोत र दिव्य रत्न मणिको फाँचो छ यो देशमा
मान्छे छन् तर बुद्धि बर्कत भने काँचो छ यो देशमा
खोल्ने कन्तुर खास मर्दसित नै साँचो छ यो देशमा॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x