आर.सी. रिजालबुढ्याैलीका दुई झड्क्याैली
कतिपय पुरुष महिलाले गर्ने घरायसी कामलाई ह्याएर गुहे धन्दा भन्छन् । त्यही धन्दा नजान्दा बुढेसकालमा आफैं फन्दामा पर्छौं भन्ने सायमीको आसयले मेरो मन छोयो।

आर. सी. रिजाल :
१. धुन्धुकारी
दानबहादुरको छोराको नाम राम हो। तर गाउँलेहरु हराम भन्छन् । सानोमा रामको माग पुरागर्दै पुल्पुल्याएर हुर्काएको कारण कुलतमा फस्यो।बिबाह गरेर सुध्रेला भनेको अर्काको छोरीको जिबनमात्र बर्बाद तुल्यायो।
कुलङ्घारले –” घर जलाएर अंगार बनाउछ ” भनेपछि दानबहादुरले घर बाहेक सारा सम्पत्ति बेच्दै छोरालाई सुम्पिदै गयो। छोराकै पिरले तड्पिएर परार साल बुढाको र हिजोराती बुढीको निधन भयो। गाउँलेको त्रासले हराम घर नआएको बर्षदिन नाघ्यो। बुढीलाई छोरी र गाउँलेले स्याहारेका हुन्।
घाटामा पुगेपछि दागबत्ती भतिजोबाट कि छोरिबाट दिने कुरा चल्दैथ्यो। दिदिले बोलाइछे क्यार राम टुप्लुक्क आइपुग्यो ।
रामलाइ देख्नेबित्तिकै गाउँलेहरू — ए हराम तँ अगाडि नबढ् । पोहोर आमाको कानको लोती च्यातिने गरि टप चोरेर भाग्ने तैँ हैनस्। अहिले गोहिकोज आँसु झार्न आउछ्स् । यस्तोको हातबाट दागबत्ती दिँदा पितृ अगति पर्छन्।गाउँमा प्रलय आउँछ। दागबत्ती छोरीले दिन्छे भन्नलागे।
रामले- — दागबत्ती दिने छोराको अधिकार हो। ठूलो स्वरले म तर्सनेवाला हैन भन्यो।
एकजना बुढा जुरुक्क उठेर लोप्वा ख्वाउदै– ला अधिकार ! कर्तव्य गर्याथिस् र अधिकार खोज्न । लु यो धुन्धकारीलाई यहाँबाट नखेदेसम्म लास नजलाउने भने। अनि मातृभूमिप्रती गद्दारी गर्ने नेतालाईझैँ मलामीहले ढुङ्गामुढा गरेर हरामलाई खेदे।
२. गुहे धन्दा
धेरैपछि मर्निङवाकमा सायमी बुढासंग भेटभयो। हामी सानो चिया पसलमा छिर्यौँ ।कुराको सुरुवात उनैले गरे — सुन्नुस् रिजाल दाइ,हामि सरदर आयुमा पुग्नलाग्यौं। सन्तान आआफ्नो व्यबहारमा लागिहाले। पोहर चारदिन गृहलक्ष्मी बिमारीहुँदा भान्साको कामले आच्छुआच्छु पार्यो। त्यहिबेलादेखी साथीहरूलाई म जस्तो डिपिडेन्ट नहुनुस, श्रीमतिको काममा मज्जाले सघाउनुस्, पछि एक्लो हुँदा आफैलाई सहयोग हुन्छ । नत्र मन रुँदा पनि ङिच्च हाँसे झैं गर्नुपर्छ भन्दै आएको छु। यसपालि त झण्डै २० दिन पुर्ख्यौली घरमा एक्लै स्वयंपाक्यभै बिताएर आएँ।
मैले — लक्ष्मीले कसरी एक्लै जान दिइन् त ? भने।
सायमीले — बल्लतल्ल मनाएँ। हेर लक्ष्मी हामी दुबैलाई दैवले एक्कैचोटि उठाउने हैन।आखिर जो बाँच्छ त्यसले एक्लो हुँदाको न्यास्रोपन महसुस गर्नैपर्छ। ऎलेदेखि बेलाबेलामा छुट्टै बस्ने अभ्यास गर्दा भबिस्यमा एकैपटक अपठ्यारो महसुस हुँदैन भनी सम्झाएँ । तर के गर्नु हामीलाई हुस्सु झैँ ठानेर उता पुगेको दिनदेखि — औसधि खानुभो,नुहाउन जानुभो,झ्याल,ढोका लगाउनुभो, आज के पकाउनुभो आदि सोधेर हैरान पार्ने भने।
घरमा आएर सायमी बुढाको भनाइ सम्झे । संस्कारको कारणले होला घरभित्रका धन्दा बुढाले गर्नलागे बुढीहरु अफ्नो अधिकार खोस्न आएझैँ गरि झर्केर — छाड्नुस् तपाईंबाट यस्तो काम हुँदैन भन्दै खेदछ्न्। बुढी अघि बितिन् भने बुढा एक्लिने त भैहाले। त्यसैले हातखुट्टा चलुन्जेल कसैले परनिर्भर हुन नपरोस्। कतिपय पुरुष महिलाले गर्ने घरायसी कामलाई ह्याएर गुहे धन्दा भन्छन् । त्यही धन्दा नजान्दा बुढेसकालमा आफैं फन्दामा पर्छौं भन्ने सायमीको आसयले मेरो मन छोयो।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest


































