साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा-प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा !

नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षा विधागत रूपमा दीर्घसाधना गरिरहेका १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार -२०८० प्रदान गर्ने निर्णय गरेकाे छ ।

Nepal Telecom ad

काठमाडौँ, २०८० चैत ५ । नेपालका भाषा,साहित्य, संस्कृति, समाजशास्त्र र दर्शनशास्त्रसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने उद्वेश्य रहेकाे नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षा विधागत रूपमा दीर्घसाधना गरिरहेका १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार -२०८० प्रदान गर्ने निर्णय गरेकाे छ । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले गरेको याे निर्णय गरेकाे हाे ।

उक्त बैठकको निर्णयअनुसार खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा. देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रत्येक वर्ष प्रदान गरिँदै आएका यी पुरस्कारहरूको राशि जनही रु. १,००,०००।- (अक्षरेपि एक लाख मात्र) रहेको छ । यसमध्ये प्रज्ञा मातृभाषा साहित्य पुरस्कार- २०८० पहाडी/हिमाली क्षेत्रबाट डा.योगेन्द्रमान प्रधानाङ्ग तथा तराई/मधेश क्षेत्रबाट बेचन उराँवलाई यसअघि नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ का अवसरमा सुनसरीस्थित धरानमा प्रदान गरिएको थियो ।

उक्त कुरा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x