साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कद

हेर्दाहेर्दै खोलाले आफ्नो रुप परिवर्तन गर्न लाग्यो । बाध्य भएर खोलाले आफूमाथि भएको अत्याचारको प्रतिवाद गर्यो । महललाई निमेष भरमा झुप्रो भन्दा होचो बनाइदियो ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

आफ्नो छेउमै ठूलो कद लिएर ठडिएको महललाई सानो झुप्रोले सोध्यो, “हन ए दाइ के खायौ र यति छिटो मोटायौ ?
महलले रवाफका साथ जवाफ दियो, “मोटाउनलाई पोषक तत्व खानुपर्छ थाहा छैन ?
सुकेनास लागेको झुप्रोले पुनः सोध्यो, “यो पोषक तत्व कहाँ पाइन्छ ?”

महल, गाँउबाट जागिर खाँदै राजनैतिक नेताहरूको आडमा शहर पसेर खोलाको आडैमा आएर बसेको थियो । आफूलाई त्यस ठाँउमा उभ्याउन उसले लगभग दुई करोड लगानी गरी दुई वर्ष लगाएको थियो । आउने जाने सबै महललाई हेर्दै तारिफ गर्थे ।

झुप्रो र महलको सम्वाद चलिरहेको थियो । हेर्दाहेर्दै खोलाले आफ्नो रुप परिवर्तन गर्न लाग्यो । बाध्य भएर खोलाले आफूमाथि भएको अत्याचारको प्रतिवाद गर्यो । महललाई निमेष भरमा झुप्रो भन्दा होचो बनाइदियो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x