साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुकदेव उपाध्यायकाे ‘भर्चुअल लभ’ उपन्यास लोकार्पित

कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समाजका अध्यक्ष शङ्कर भारती, अतिथिहरू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले गरेका हुन् ।

Nepal Telecom ad

काठमाडौं, २०८१ जेठ ३ । उपन्यास समाज नेपालले उपन्यासकार शुकदेव उपाध्यायद्वारा लिखित ‘भर्चुअल लभ’ उपन्यासको आज लोकार्पण सम्पन्न गरेको छ ।

कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समाजका अध्यक्ष शङ्कर भारती, अतिथिहरू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक तथा समालोचक ज्ञानु अधिकारी तथा पत्रकार एवं लेखक विजय चालिसेले गरेका थिए ।

उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम तारागाउँ नेक्स्ट म्युजियम, ह्यात रिजेन्सी, बौद्ध, काठमाडौंमा सप्पन्न भएको थियो ।

लोकार्पण कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि घिमिरेले टेबलमाथि छोपिराखेको पुस्तकलाई कपडा हटाएर लोकार्पण गरेका थिए भने दोस्रो चरणमा मञ्चमा आसिन व्यक्तित्वहरूबाट सामुहिक रूपमा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, सभापति शङ्कर भारती, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक, पत्रकार तथा लेखक विजय चालिसे तथा साहित्यिक पत्रकार चेतनाथ धमलाले मन्तव्य राखेका थिए ।

लोकार्पित उपन्यास ‘भर्चुअल लभ’ माथि समालोचक ज्ञानु अधिकारीले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो भने उपन्यासकार उपाध्यायले लेखकीय मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उपन्यास समाज नेपालका सदस्य विष्णुबहादुर सिंहले स्वागत र सदस्य चेतनपथ माधवले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन कपन वानेश्वर साहित्यिक पत्रिकाका प्रधान सम्पादक निबन्ध आचार्यले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x