साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा दुई स्रष्टाका तीन कृति एकैपटक लोकार्पण

डा.खगेन्द्रप्रसाद दाहालका हिँड्दाहिँड्दै र आकाङ्क्षाका पाइलाहरू ( यात्राकाव्य ) र कवि मीना अधिकारीको 'अध्ययन र अनुभूति '(समीक्षा र संस्मरण) को लोकार्पण भएको हो ।

Nepal Telecom ad

झापा, २०८१ ५ जेठ । शनिवारका दिन जयन्द्र प्रसाईँ साहित्य सेवा कोषको सभा हल विर्तामोड झापामा दुई स्रष्टाका तीन कृति क्रमशः डा.खगेन्द्रप्रसाद दाहालका हिँड्दाहिँड्दै र आकाङ्क्षाका पाइलाहरू ( यात्राकाव्य ) र कवि मीना अधिकारीको ‘अध्ययन र अनुभूति ‘(समीक्षा र संस्मरण) को लोकार्पण भएको हो ।

प्रतिभा निकुञ्ज परिवारका अध्यक्ष साहित्यकार होम सुवेदीको अध्यक्षता, साहित्यकार गिरीराज जोशीको प्रमुख आतित्य रहेको कार्यक्रममा हास्यव्यङ्ग्यकार कोमलप्रसाद पोखरेल, आख्यानकार पुण्य खरेल, प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्देल चेली, सञ्चारकर्मी चन्द्र भण्डारी कृतिकारद्वय कवि खगेन्द्रप्रसाद दाहाल र मीना अधिकारी, समीक्षकत्रय जीवनाथ सुवेदी, डा ठाकुरप्रसाद पोखरेल र आरती पोखरेल अनु, पं. नारायणप्रसाद भट्टराई, मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईँ, कृतिकारका आमा झुमादेवी दाहाल, दाजुद्वय चन्द्रशेखर र पर्शुराम दाहाललगायतका व्यक्ति तथा स्रष्टाहरू क्रमशः विशिष्ट अतिथि तथा अतिथिहरू रहेका थिए ।

सामुहिक राष्ट्रगान र स्वागत मन्तव्यपछि प्रमुख अतिथिबाट व्यानर पढी कार्यक्रमको उद्घाटन भएको थियो । स्रष्टाद्वय दाहाल र अधिकारीका तीन कृति लोकार्पणपछि उक्त कृतिका बारेमा क्रमशः जीवनाथ सुवेदी, डा .ठाकुरप्रसाद पोखरेल र आरती पोखरेल ‘अनु’ द्वारा कथ्य समीक्षा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्वरिचत तथा स्रष्टाका रचना प्रस्तुत भएको थियो भने स्रष्टालाई शुभकामना मन्तव्यसहितका मन्तव्यहरू पनि प्रस्तुत भएका थिए । रचनावाचन गर्नेहरूमा नदी भट्टराई, गीता सुवेदी नेपाल, चित्रा पौडेल, मीना अधिकारी, टीका चापागाईँ, टीका भट्टराई नेपाललगायत थिए ।

त्यसैगरी गिरिराज जोशी , कोमलप्रसाद पोखरेल, चन्द्र भण्डारी, काव्यनायक डा.खगेन्द्रप्रसाद दाहाल, मीना अधिकारी, पुण्य खरेल, सुमित्रा वाङ्देल चेली र अध्यक्ष होम सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

आयोजकको तर्फबाट उद्घोषकसहित मञ्चासिन अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । इलाम र झापाका गरी विभिन्न साहित्यिक संस्थामा आवद्ध करिब पाँच दर्जन स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

प्रतिभा निकुञ्ज परिवारको आयोजना, कवि विन्दु दाहाल ‘ मुकदर्शकको स्वागत मन्तव्य र कवि खगिन्द्रा खुशीको सञ्चालन रहेको हो ।

०००
मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x