सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जो भेटे पनि यी झम्टिन्छन्

टुक्रा फाले कुइँकुइँ गाना लाछी देखे तान्छन् नाना ॥ धन्य छ भगवन् यी मिल्दैनन् यिनका साझा लक्ष्य हुँदैनन् नत्र त दुनियाँ खत्तम पार्थे मुलुकै अन्तै परतिर सार्थे ॥

Nepal Telecom ad

रमेश खकुरेल :

टोपी भेटे टोपी बोक्छन्
जुत्ता पाए जुत्ता टोक्छन्
कोही आए बाटो रोक्छन्
डण्डा खाए टाप ठोक्छन् ॥

जात मिले पनि पात नमिल्ने
हात मिले पनि आँत नमिल्ने
भात भएपछि दाँत निकाल्ने
चढाइ गर्दै टोकी ढाल्ने ॥

बोली मात्र छ ‘गो’ ‘गो’ गर्ने
तल परिएपछि ‘ऐया’ भन्ने
टुक्रा फाले कुइँकुइँ गाना
लाछी देखे तान्छन् नाना ॥

धन्य छ भगवन् यी मिल्दैनन्
यिनका साझा लक्ष्य हुँदैनन्
नत्र त दुनियाँ खत्तम पार्थे
मुलुकै अन्तै परतिर सार्थे ॥

०००
कमलपोखरी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने