साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जलहरी र मौन पशुपतिनाथ

पशुपतिनाथले सबैको रक्षा गरून् फेरि पनि मान्छे बोल्यो देवाधिदेवले अपराध देख्नुहुन्छ मान्छेले झन दुई कर जोड्यो तर ज्योतिर्लिंगलाई कुस्पर्श गरेको पशुपतिनाथले देख्दै देखेनन् ।

Nepal Telecom ad

रोहित दहाल :

सुनको जलहरी राख्नै पर्छ
केही मनुवाहरूले जिकिर गरे
सुनको जलहरी उचित छैन
केही मनुवाहरुले बोल्दै गरे
तर
ठीक र बेठीकको निर्क्योल
पशुपतिनाथले गर्दै गरेनन्

जलहरीमा ठालुको नाम लेख्न
नेपथ्यबाट कासन आयो
कामदारको पनि नाम अटाउला
ज्यामी मनमा आश पलायो
तर
तल्लो र माथ्लो श्रमको विभेदमा
पशुपतिनाथ बोल्दै बोलेनन्

जलहरीको सुनमा गडबडी होला
मनुवाहरूबीच कानेखुसी चल्यो
धार्मिक कार्यमा प्रश्न नउठाऊ
बुझक्कड शिरले ओठ चलायो
तर
आफ्नै जलहरीमा घात भएको
पशुपतिनाथले बुझ्दै बुझेनन् ।

जलहरीको सुनमा अपचलन छ
छानवीन गर्नेले स्पष्ट गर्यो
धार्मिक आस्था पो डग्मगाएछ
आस्तिक मनमा चस्का पर्‍यो
तर
निर्जीव शिलाझैँ आकृति भएको
पशुपतिनाथले चेत खोलेनन्

पशुपतिनाथले सबैको रक्षा गरून्
फेरि पनि मान्छे बोल्यो
देवाधिदेवले अपराध देख्नुहुन्छ
मान्छेले झन दुई कर जोड्यो
तर
ज्योतिर्लिंगलाई कुस्पर्श गरेको
पशुपतिनाथले देख्दै देखेनन्  ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x