साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म रैती बन्दै बन्दिन

देशको चुच्चे रेखाङ्कन हटाएर कालापानीमा वाह्य परेड खेलाएर झुठो राष्ट्रवादको श्रीपेच सजाउदिन कुरा बुझ, म रैती बन्दै बन्दिन

Nepal Telecom ad

रोहित दहाल :

दश फुट ओर्तिरबाट दण्डवत गरेर
आधा फुट जति जिब्रो बाहिर पारेर
तिम्रो मौसुफलाई दाम चढाउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

म जस्तै मनुवालाई अवतार मानेर
बक्सियोस् शब्दको अलंकार जोडेर
आफूलाई हीनतावोध गराउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

व्यक्तिलाई कानुनभन्दा माथि ठानेर
उसका अपराधलाई ढाकछोप गरेर
कालो पदार्थलाई प्रसाद ठान्दिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

कथित सम्राटको वंश स्याहारेर
उसको कुपुत्रलाई युवराज देखेर
आफ्नो नेत्रमा रतन्धो ल्याउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

पुलिङ्ग मात्र उत्तराधिकारी सारेर
स्त्रीलाई वासनाको यन्त्र सोचेर
लैङ्गिक विभेदी संस्था भित्र्याउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

हुकुम प्रमाङ्गीको शासन छानेर
जनसन्तान चुनिने बाटो छोडेर
आफ्नै हातपाउमा हत्कडी लाउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

एकल धर्ममा मुलुक लपेटेर
निगाहमा बहुल धर्म दपेटेर
तिम्रो सम्राटलाई विष्णु बनाउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

देशको चुच्चे रेखाङ्कन हटाएर
कालापानीमा वाह्य परेड खेलाएर
झुठो राष्ट्रवादको श्रीपेच सजाउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन

श्रम गर्नेलाई अछुतको दर्जा दिएर
स्वर्ग तार्ने पाखण्डलाई श्रद्धा गरेर
मनुवादी प्रारब्धमा श्री झुकाउदिन
कुरा बुझ, म रैती बन्दै बन्दिन ।

०००
(रोहित दहाल मार्क्सवादी कथाकार एवं लेखक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Trichandra Kharal
Trichandra Kharal
1 year ago

आफु मालीक बन्न पाउने अधिकार लाई लत्याएर अरुको नोकर बन्ने राजसंस्था धारी मुलुकलाई आफ्नो बृता मान्ने बंश म ल्याउदै ल्याउदिन।

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x