साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँगार

स्वाद थाहा पाउन अलिकति खान्छौ कि ? बिर्सियौ हिजोका कुरा पेट त के भर्थ्यो स्वाद त के पाउँथ्यौ सारा गाउँमा तिम्रो बेइज्जत गराएको त्यही हो अँगार !

Nepal Telecom ad

घनश्याम रेग्मी

आफ्नै जीवनमा
प्राकृतिक तरिकाले
बाचूँ भन्दाभन्दै
जबर्जस्ती
कसैको
तापमा
रापमा
रवाफमा
जलाइएको
आफ्नो अस्तित्व
निमिट्यान्न पारिएको
त्यो अँगार
भयो नचलाऊ
र हातमा नलेऊ
भित्रको आगोले
पोल्न सक्छ
विषैला जहर
घोल्न सक्छ
रूप बदलेकाहरू
इमानका हुँदैनन्
त्यस्तासँग कुनै
नीति हुँदैन
लाज
शरम
घिन
चेतना
वेदना
गीत
ताल
लय
केही हुँदैन
मौका पाए भने
जलाउँछन्
गलाउँछन्
खरानीतिर
बढाउँछन्
सावधान !
आफू सक्किएकाहरू
अरूलाई पनि
सक्छन्
न यताको अस्तित्व
न उताको माया
बिगार्नमै
ध्याउन्त छ
युग निलेर
दाँत देखाउने
काला अँगारसँग
सावधान!
तिमीभित्र लुकेको
सानो झिल्कोले
सारा गाउँ
डढाएको
हिजो भर्खर हो
फेरि कताबाट
नयाँ व्यापारी
आइपुगे छ
बेच्न
अँगार !
किन्छौ कि ?
बोकेर अलि परसम्म
जान्छौ कि ?
स्वाद थाहा पाउन
अलिकति
खान्छौ कि ?
बिर्सियौ हिजोका कुरा
पेट त के भर्थ्यो
स्वाद त के पाउँथ्यौ
सारा गाउँमा
तिम्रो बेइज्जत गराएको
त्यही हो
अँगार !

०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x