साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तक दाेकान

महाजनलाई एकाएक प्रकाशककाे फाेन आयाे । उसले यति मात्र भनेकाे सुनियाे । -"कति जना छन् ?" -"किन र ?" -"तिनीहरू महामूर्ख र महाबुध्दि दुवै छन् !" -"कसरी ?" -"तिनका सबै पुस्तक बाेरामा राखेर तपाईलाई बेचिसके !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

-“किताब किन किन्ने ?”
शुध्द साकाहारीहरूमा बहस चलिरहेकाे थियाे । मांसहारीहरू पनि तर्क गरिहेका थिए । प्रश्न तिमीहरूकाे अगाडि तखतामा सजाएर राखेकाे अनेकाैं पुस्तकमा बेलाबेला आँखा पुग्थ्याे । रेष्टुराँकाे तखताकाे साेपिस पुस्तकहरू पल्टाएका हरिजनले आफ्नाे पुस्तक तखतामा नदेखेपछि बेयरालाई साेधे ।

-“हरिजनकाे पुस्तक तपाईंकाे रेष्टुराँमा चल्दैन ?”

बेयराले याे प्रश्नकाे खवर महाजन कहाँ पुर्यायाे । महाजनले रेष्टुराँमा मस्तिमा रमाइरहेका ग्राहकहरूलाई सम्झाउनकै लागि बेयरालाई जवाफ पर्कायाे ।

-“किताब किनेर हैन मागेर पढ्ने गराैँ भन्नू !”
बेयराले आफ्नाे धर्म निभायाे र सबैका अगाडि मसिनाे स्वरमा भन्याे ।

-“रेष्टुराँमा किताब किनेर पढ्न पाइँदैन, बरू सित्तैमा पढेर ज्ञान आर्जन गर्न र मनाेरञ्जन लिन पाइन्छ !”

त्यसपछि मांसहारी लेखकहरूले थप एकप्लेट छाेयला मगाए । नजिकै रहेकी मिस नयनालाई अँगालाे हाले । गाला जाेडे । बाेतलकाे घटघट आवाजसँगै किताबकाे मूल्य बिर्सिँदै गए । अर्काेतिर साकाहारी लेखकहरू फेरि भट्ट्याउन थाले ।

-“पुस्तक पसल रेष्टुराँमा पाे चल्दाेरहेछ भन्ने लागेर उनीहरू सबैकाे सल्लाहले आफ्नाे आफ्नाे पुस्तकहरू सबै सित्तैमा रेष्टुराँमा दिने घाेषणा गरे । उनीहरूकाे मूल आशय थियाे ।

-“नाम प्रचारकाे भाेक !”
त्यसपछि सबै साकाहारी लेखकहरूले एक एक बाेरा आफ्ना पुस्तकहरू ल्याएर रेष्टुराँकाे महाजनलाई दिएर भने ।

-“हाम्रा यी पुस्तकहरू प्रचारका लागि राखिदिनाेस न !”
-“ठाउँ छैन, रेष्टुराँमा !”
-“अरूकाे मिल्छ, हाम्राे किन मिल्दैन ?”
महाजनलाई अप्ठेराे पर्दै गयाे । उनी अलमलमा परे । उनकाे दिमागकाे बतास खुस्कन लाग्याे । एउटा आइडिया निकाल्याे र बेयरालाई भन्याे ।

-“यिनीहरूलाई पनि गुलावी छुटकाे जल देउ !”
जब गुलावी जल उनीहरूकाे नजिक आयाे । उनीहरू सबै जना आफ्ना पीडा, वेदना र व्यथा बिर्सेर कराउन थाले ।

-“अब किताब किन किन्ने त हैन ?”
-“हाे हाे, हामी किन बेच्ने ? किन्ने नै छैन !”
महाजनलाई एकाएक प्रकाशककाे फाेन आयाे । उसले यति मात्र भनेकाे सुनियाे ।
-“कति जना छन् ?”
-“किन र ?”
-“तिनीहरू महामूर्ख र महाबुध्दि दुवै छन् !”
-“कसरी ?”
-“तिनका सबै पुस्तक बाेरामा राखेर तपाईलाई बेचिसके !”

महाजन आजकाे बिल बनाउन थायाे । उसकाे तालुबाट चुहेर पसिना हैन, तेल आउन थाल्याे । लठ परेका सबै लेखकहरू कराउन थाले ।
-“आजकाे बिल चुक्ता भयाे !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x