साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजा ल्याऊ ! देश बनाऊ ?

राजा ल्याऊ र नेपालको राष्ट्रियतालाई कुम्भ मेलामा बिसर्जन गर। मोदी र आदित्यनाथको जय जयकार गर। देशलाई सिक्किमीकरण गर।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

राजा ल्याऊ र
नारायणहिटीमा राखौं ।

राजा ल्याएपछि
पिस्कोरमा जनताको घाँटी रेट्न पाइन्छ।
छिन्ताङमा रगतको होली खेल्न पाइन्छ ।
आजाद ऋषि देवकोटाहरुको हत्या गर्न मेसो मिल्छ
जेल सार्ने निहुमा,
सूर्यनाथ यादहरुलाई जंगलममा जिउँदै पुर्न सकिन्छ ।

राजा ल्याएपछि
ओखलढुङ्गाको टिमुरे ओडारमा
लोकतन्त्रवादीहरुको चिहान खन्न पाइन्छ
स्वतन्त्रताको आवाज उठाउने
क्याप्टेन यज्ञ ब.थापा र दुर्गानन्द झाहरुको
शिर छेदन गर्न पाइन्छ।

राजा ल्याऊ र
सुखनीको जंगलमा
जनअधिकारको कुरा गर्ने
रामप्रसाद र रामनाथहरुलाई झुन्ड्याऊ
कृष्ण सेन जस्ता जनकविहरुलाई
जेलभित्र कोच र कुटी कुटी मार।

राजा ल्याऊ र
नमिता सुमिता जस्ता छोरीहरुलाई
दरबारमा बुझाऊ
प्राचीन स्मारकहरुलाई
दरबारको क्रेनले उखेल र
विदेश भ्रमणमा पठाऊ ।

राजा ल्याऊ र
गैडा, हात्तीको व्यापार सुरु गर
गाँजाको व्यापार गर्न
रत्नपार्क र ठमेललाई
हिप्पी प्रदेश बनाऊ ।

राजा ल्याऊ र
नेपालको राष्ट्रियतालाई
कुम्भ मेलामा बिसर्जन गर।
मोदी र आदित्यनाथको
जय जयकार गर।
देशलाई सिक्किमीकरण गर।

राजा ल्याऊ र
फेरि एकथान मन्त्री, प्रधानमन्त्री बनाऊ
बिरोधी जनताको घाँटी रेट ।
पिस्कर र छिन्ताङ्गमा
फेरि एक पटक रगतको होली खेल।

राजा ल्याऊ र
देशलाई दिल्ली बुझाऊ।

नरहे बाँस, नबजे मुरली।

०००
हाल : जनकपुरधाम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x