साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीपेचधारी सेतो हात्ती

श्रीपेचधारी सेतो हात्ती आँखा चम्काइ राको'छ ! ढोके, हुक्के उस्लाई ल्याई घाँडो पाल्न खोज्या'छ !!

Nepal Telecom ad

रोहित दहाल :

एकासमय खेतालाको
भोकै जीवन टर्या’थ्यो !
आँगन बीच श्रीपेचधारी
सेतो हात्ती बस्या’थ्यो ।

जोत्ने, बोक्ने केही नगर्ने
घाँडो त्यसै सुत्या’थ्यो !
रात र दिन पसिना झार्यो
अन्न उसले घिच्या’थ्यो !!

कमाई थिएन फुट्या कौड़ी
लाखौं उसले खाको’थ्यो !
बलवीर थिएन, शूरवीर थिएन
अवतारी दैव भाको’थ्यो !!

छाप्रो मुनि तारा गन्दै
जनले रात काट्या’थ्यो !
महंगो छाना तातो ओछ्यान
उसले मोज गर्या’थ्यो !

सयौं दासी, रखैल राखी
यौन प्यास मेट्या’थ्यो !
कुना कन्दरा चेलीबेटी
बलात्कार गर्या’थ्यो !!

पुरातात्विक मूर्तिहरू
उसले धुस्न पार्या’थ्यो !
तस्करीका सुन र छाला
सुँडले बेरी राख्या’थ्यो !!

सेतो हात्ती यति क्रुर
भातृ बंशै मास्या’थ्यो !
आफ्नो बंश मात्र जोगाई
ढसमस्स गरी पल्ट्या’थ्यो !!

रैती एकदिन विप्लवी भै
सेतो हात्ती खेदे’थे !
रछ्यान चाट्ने ढोके, हुक्के
छाती पिट्दै चिच्या’थे !!

भुइँमान्छेले आफैं नाइके
ऐले बन्न पाको’छ !
सोचे जस्तो नभए नि
गर्ने मार्ग भाको’छ !!

श्रीपेचधारी सेतो हात्ती
आँखा चम्काइ राको’छ !
ढोके, हुक्के उस्लाई ल्याई
घाँडो पाल्न खोज्या’छ !!

काम नलाग्ने त्यो ठाँडोलाई
लाठो लिई लघार्नु छ !
नफुट भाइ एक आपसमा
नन्दी भृंगी खेदनु छ !!

०००
विराटनगर, मुनालपथ, मोरङ
हाल: चाँगुनारायण, दुवाकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x