साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेर्न गरौँ डाङ्गडुङ्ग

भिजिट भिसा छताछुल्ल एयरपोर्टमा दलाल मल्ल रछ्यानमाथि श्वेत छल्ली लोकतन्त्रको अश्लील हल्ली शासन तन्त्र अस्तव्यस्त अभिजात वर्ग मात्र मस्त समाज, व्यक्ति लथालिङ्ग फेर्न गरौं डाङ्गडुङ्ग ।

Nepal Telecom ad

रोहित दहाल :

तनमा कालो मनमा धब्बा
राजनीति भो रद्दी डब्बा
कुर्सी प्यारो, जन्ता घाँडो
संसद, चुनाव, कस्तो ठाँडो

विचार, दर्शन फ्यात्तफुत्त
मौका हेरी चौका सुत्त
रातो झण्डा कालो चित्त
दीनका दुख हेर्दै खित्त

नियम कानुन धार्रधुर्र
कुर्सी लुछ्न ङार्रङुर्र
नाइकेको गन्ध ठुँस्स
अनैतिक दाह्री छुस्स

युवा मान्छे विदेश हुँइय्य
थोते बृद्ध गर्छन् खुइय्य
देशभक्तिको फाइँफुइँ
अधोगति लुइँलुइँ

समाजवादी टीका ल्यास्स
द्रव्यलोभी इमान फ्यास्स
दुर्जन मति र्याल्लब्याल्ल
छुद्र लालच छ्याल्लब्याल्ल

खेती किसान फास्सफुस्स
इण्डियन सब्जी आउने खुस्स
मजदुर रोदन् अश्रु तप्प
खाली उदर अन्न ठप्प

भिजिट भिसा छताछुल्ल
एयरपोर्टमा दलाल मल्ल
रछ्यानमाथि श्वेत छल्ली
लोकतन्त्रको अश्लील हल्ली

शासन तन्त्र अस्तव्यस्त
अभिजात वर्ग मात्र मस्त
समाज, व्यक्ति लथालिङ्ग
फेर्न गरौं डाङ्गडुङ्ग ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x