साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती हिरोइन

नेताजीहरू गतिला नभएर नै आज देशको अवस्था नराम्रो भएको हो त हाम्रा सारा नेताजीहरू आफ्ना श्रीमतीहरूलाई सधैं हेर्दाखेरि तरूनीजस्ती पार्न खोज्नेहरू छन्।

Nepal Telecom ad

सूर्यबहादुर पिवा :

बढो भए पनि टाउकोमा एउटा रौं पनि नफुली जम्मैका जम्मै राैँ निक्खर कालो भएको एक जना बुढोसँग मैले सोधे- “होइन, ए काका । तपाईं यसो अनुहार हेर्दाखेरि निकै उमेर गइसकेको मानिसजस्तो देखिनुहुन्छ । तपाई मभन्दा निकै जेठो देखिनुहुन्छ। मेरो कपालका रौंहरू सारा फुलेर नेताम्मे भइसके तर तपाईको टाउकामा एउटा पनि रौं फुलेर सेतो भएको देख्दिनँ। उमेर नगए पनि मेरो कपालका रौंहरू मात्रै किन फुलेको होला है ? आधुनिक मानिस मएर दिनहुँ भनेकै टाउकामा साबुन लगाएर नुहाएको हुनाले मात्र रौंको कालो रङ गएर मेरा रौंहरू सेता भएर गएका हुन् कि ? अथवा नेपाली भएर पनि हिजोआजका ठिटाहरूलेझै टोपीसीपी नलगाई घाममा हिंडेकाले मात्र घामले कपालका रौंहरूको रङ उडाएकाले मेरो कपालका रौंहरू फुलेर सेता भएका हुन् कि तपाईजस्तो बूढो नभए पनि मेरो कपालका रौंहरू तपाईंको जस्तो किन कालो नमएको होला हैं ? कि तपाईले हिजोआजका मानिसहरूले मैं कपाल र‌ङ्गगाउनु मात्र भएको त होइन ? कपाल र‌ङ्गाउने खालको मान्छे तपाईं होइन जस्तो लाग्छ । एकपल्ट खुलस्त बताइ दिनोस् न ।”

अनि त्यस बूढा मानिसले हाँस्दै भने- हिजोआजका उमेर गएका मान्छेहरूले झै ठिटीहरूको अगाडि जवान छु भन्ने देखाउन कपाल र‌ङ्गाउने लोग्नेमान्छे होइन म । पट्टो हुँदा बाटामा आउने राम्रा तरूनीहरूलाई चोरेर हेर्ने हिजोआजका अधिकांश लोग्नेमान्छेहरूमा एउटा नराम्रो बानी छ । बाटामा आउने तरूनीहरूलाई नराम्रो दृष्टिले हेरियो भने लोग्नेमान्छेको शरीरभित्रको चार्ज गर्न नहुने ब्याटरी कमजोर भएर जान्छ । अनि त्यति बूढो नभए पनि अलिकता बैंस गयो कि ब्याटरी कमजोर भएर त्यस्ता लोग्ने मानिसहरूको टाउकाका रौंहरू फुलेर सेता भएर जान्छन् भनेर हाम्रो वैद्यशास्त्रमा लेखिएको छ के। त्यसैले तपाईको रौं फुलेर सेतो भएको होला। तपाईंहरूझै मैले जवानीमा तरुनीहरूलाई नराम्रो दृष्टिले हेर्ने गऱ्या छैन के। त्यसैले मेरो टाउकाका रौंहरू अहिलेसम्म निरुखुर कालो रहेको हो।”

बुढो मानिसले त्यसो भन्दाखेरि मलाई तिनका कुरामा पटक्कै पत्यार लागेन। मान्छे होस् या पशु होस् या पक्षी होस्, भालेले पोथी देख्यो कि त भालेको आँखा पोथीतिर गइहाल्छ। यो स्वाभाविक कुरो हो। भाले बोकाले भो, भाले राँगाले भो. भाले साँढेले भो, भाले परेवा आदिले भो, पोथी देख्यो कि त तिनमाथि आँखा गएर पछिपछि लाग्दछन् । मानिस पनि अरू पशुपक्षीजस्तै प्राणी हन के । युवक भएपछि युवती देख्यो कि हेरिहाल्छन् । अतः त्यस बुढा मानिसको क्रामा कत्ति पनि सत्यता देखिनँ मैले । मेरो उमेर सतहत्तर लागिसक्यो । मेरो कपालका रौंहरू फुलेर सेताम्मे हुन कुनै अस्वाभाविक र गजबको कुरा होइन। तैपनि कसैले मलाई बूढो भन्यो कि त मेरो मनै खिसिक्क हुन्छ। कपालका है।

अरूहरूलेकै कालो पारेर र‌गाउँदिन म तर सेता दाह्री र जुंगाले साहै बूढो देखिने हुनाले दिनहुँ उठ्‌नासाथ बाथरुममा गएर हतरपतर दाह्री जुगा खौरी हाल्छु म। मुठो कुरो गर्दिन म यो चाहिँ पक्का। कपाल फुले पनि दाहोर्जुगा खौरिराख्दा भने लोग्नेमान्छे त्यति उमेर गइसकेको जस्तो देखिन्न। कपालले भन्दा दाहीजेंगाले बढी उमेर बताउने हुँदा हिजोआजका सारा लोग्नेमानिसहरू दिनहुँ‌ दाह्रीजुंगा खौरने गर्दछन्। भरिभराउ भएको बस चढ्दाखेरि मेरो सेताम्मे कपाल देखेर सिटमा बसिराखेका मान्छेहरूले “ए बाजे। बस्नोस् या सिटमा’ भन्दै उठेर ठाउँ दिँदा साँच्चै बूढो नै भएँ कि जस्तो लागेर मनै खिन्न भएर आउँछ। आफूलाई पनि भनेर उठेर बसमा बस्न गाह्रो जस्तो लागेर सिट छाडिदिने मानिसलाई ‘व्याइकक्यु धन्यवाद भन्दै सिटमा अधि बस्न पुग्दछु।

मेरी श्रीमती मभन्दा चार वर्षले कम उमेरकी आइमाई हुन्। अत मेरो श्रीमतीलाई तरूनी आइमाई श्रीमा भन्न पटक्कै मिल्दैन। श्रीमतीका कपालका रौंहरू पनि फुलिसके। कपाल फुलेकाले मेरी श्रीमतीलाई चित्त दुखेको रहेछ। त्यो म अनुभव गर्दछु। फुलेको कपाललाई र‌ङ्गाएर जो पनि आइमाई उमेर नगएको जस्तो पारेर हिरोइनजस्तो भएर हिँड्न चाहन्छन् । त्यसैले सधैं मेरी श्रीमती सबैरै उ‌ड्छिन् । दाँतसाँत माझेर मुख धुन्छिन्। अनि एउटा कोठाको ठूलो ऐना अगाडि उभिन्छिन्। ऐना हेर्दै सेता नेत रौंहरूमा कालो दल्दै रौंलाई कालो पार्छिन्। शङ्‌गारपटार गरिवरी टीका लगाउँछिन्। मेरी श्रीमतीको नित्य कर्म हो यो। ऐना हेर्दै जम्मै कपाल कालो देखेपछि मेरी श्रीमतीजी एकपल्ट मुसुक्क हाँस्छिन् । यो श्रीमतीजीको नित्य कर्म सधै हेरिरहन्छु म। मलाई भने श्रीमतीलाईझै कपाल रङ्गाउन पटक्कै मन पर्दैन। कृत्रिम जवान मान्छे बन्न पटक्कै मन पर्दैन मलाई।

शृ‌ङ्गारपटार गरिवरि म पतिदेवलाई ढोग्न भनी नजिकै आएकी श्रीमतीलाई एकपल्ट मैले भनें- “ए श्रीमतीजी । तौसत मेरो बिहे भएको चालीस, पैत्तालीस वर्ष भइसक्यो हो कि होइन (?) तँ सत्र वर्षकी छँदा बेनबाजा बजाएर लावालस्कर जन्ती लिएर तँलाई मैले बिहे गरेर ल्याएको होइन र ? बिहे गर्दाखेरि तेरो उमेरमा सातको अगाडि एक थियो। अहिले तेरो उमेरको हकमा त्यसको उल्टा भइसक्यो अर्थात एकको पछाडि सात भइसक्यो। तँलाई नहेरेको कुनै दिन छ मैले ? तेरो अनुहार हेरिएन कि त मनै लिन्न हुन्छ। तँलाई हेर्दाखेरि जहिले पनि सत्र वर्षको नै ठानेर हेर्ने गर्दछु म। तँ मलाई कहिले पनि बूढीजस्ती लाग्दैन। तैपनि तँ किन कपाल रङ्गाएर हिँड्छेस् सधैं ? बाटामा लोग्नेमान्छेहरूले बूढी ठानेर नहेर्लान् भन्ने डर लागेर कपाल र‌ङ्गाएकी हो भने मेरो केही भन्नु छैन ।

त्यस्तो भन्दाखेरि श्रीमतीजीले भनिन्- टाउकाका रौंहरू फुल्दै आएर बूढीजस्ती देखिएर आफूलाई कस्तो मनै खिन्न भइरहेछ। प्राणनाथ भएर प्राण प्रियाको मनको दुख दर्दको कुरा बुझ्ने कोसिस नै गर्नुहुन्न तपाईं। झन् हिस्याएर पो कुरा गर्नुहुन्छ तपाईं त । श्रीमतीलाई सधैं तरूनीजस्ती कसरी बनाउन सकिन्छ मन्ने कुराको सोचाइ नै राख्नुहुन्न तपाईं। राम्राराम्रा सारी पहिराएर हुन्छ कि, राम्राराम्रा गहनाहरू लगाएर हुन्छ कि, ब्युटी पार्लरमा लगेर कपाल कालो पारेर, गाला रातो पारेर हुन्छ कि, के गरेर हुन्छ, श्रीमतीलाई उमेर नगएकी आइमाईजस्ती बनाउनेबारे त सोच्नै हुन्न तपाईं। उल्टो श्रीमान्‌लाई श्रीमतीले कपाल र‌ङ्गाएको देख्यो कि त ब्लडप्रेसर नै बढ्दछ वा। स्वास्नीलाई नामले मात्रै सुवासिनी भन्ने तर सँगै लिएर रमाइला ठाउँहरूमा घुमाउने कुरो त गर्नै हुन्न तपाईं। रेस्टुराँ होटलहरूमा लगेर श्रीमतीलाई मीठामीठा कुरा कहिल्यै खुवाउनु हुन्न तपाईं। लोग्नेमान्छेहरू त एक नम्बरका स्वार्थी हुँदारहेछन् । आफूहरू मात्र रमाइला ठाउँहरूमा घुम्छन्, आफूहरू मात्र लुसुक्क रेस्टुराँमा जान्छन् र स्वास्नीलाई सधैंसँगै लिएर हिँड्‌यो भने जोइटि‌ङ्ग्रे भन्लान् भनेर डराउँछन् लोग्नेमान्छेहरू । स्वास्नी बडी भई भने आफूलाई पनि बूढो भन्लान् मान्छेहरूले भनेर किन सोच्नु हुन्न तपाईंहरू । तपाईजस्ता श्रीमानलाई म श्रीमतीले बुद्धिमान् भन्ने कि बुद्धु भन्ने हँ ? श्रीमान् महोदय।

यस्तो श्रीमतीजीले मन्दाखेरि मलाई लाग्यो लोग्नेमान्छेहरूले बाटामा आउने तरूनीहरूलाई चोरीचोरी हेर्छन्। सो कुरा स्वास्नीलाई बताउँदैनन् लोग्नेहरू । भन्ने कुरा र नमन्ने कुरा मात्रै हो। लोग्नेमान्छे मनाउँदा जन्तुहरू हाम्रो समाजका साहै स्वार्थी मानिसहरू हुन्। साँचो कुरा भन्ने हो र झूठो कुरा नगर्ने हो भने यो कुरा भन्नै पर्दछ ।

मेरा पिताजीले मलाई उमेर नपुग्दै सानै उमेरमा शुद्धोदन महाराजले बुद्धलाई घर गृहस्थी गरून् मनेर बिहे गरिदिए‌झै बिहे गरिदिएर स्वास्नीका बन्धनमा राखिदिन खोजेका थिए। स्वास्नी भएपछि अधिकाश लोग्नेमान्छेहरू स्वास्नीको पट्टू हुँदारहेछन्। स्वास्नी नमएसम्म मात्र मान्छेले निःस्वार्थी भएर समाज र देशको सेवा गर्न सक्छन् ऋषिमुनिजस्तो भएर। यस्तो भएर मैले चाँडै बिहे गर्दै गरिनँ। श्रीमतीजी गतिली भइन् भने घरको व्यवस्था राम्रो हुन्छ। राजनीति गतिलो भाे भने देशको व्यवस्था राम्रो हुन्छ। नेताजीहरू गतिला नभएर नै आज देशको अवस्था नराम्रो भएको हो त हाम्रा सारा नेताजीहरू आफ्ना श्रीमतीहरूलाई सधैं हेर्दाखेरि तरूनीजस्ती पार्न खोज्नेहरू छन्।

आफ्ना श्रीमतीहरूलाई जस्तै गरेर भए पनि पैसा कमाएर राम्राराम्रा महँगा सारीहरू र गहनाहरू दिनेखालका छन् सारा नेताजीहरू । भन्सार तिर्न नपर्ने गरी पजेरो र टोयोटा कार लिएर आफ्ना श्रीमतीहरूलाई कारमा घुमाउनेखालका छन् सारा नेताजीहरू । मन्त्री हुनासाथ बडेमाको स्वास्नीको नाममा बिल्डिङ ठड्‌याएर तिनलाई त्यहाँ राखेर स्वास्नीलाई मुसुमुसु हँसाएर सधैं तरूनीझै पार्ने पनि छन् हाम्रा नेताहरू । स्वास्नीलाई पुतलीलाईझै सिँगारेर राम्रो बिल्डिङमा राखेपछि कुन आइमाई तरूनीझै देखिन्न ए। देश सेवा गर्ने भनेर एउटा बाकस र एउटा सुराही बोकेर सधैं डेरामा बस्ने नेताजी पो खास नेताजी हुन्छ । अविवाहित नेताजी पो खास नेताजी हुनसक्छ। विवाहित लोग्नेमान्छे भएपछि त लोग्नेमान्छेहरू स्वास्नीको भूत भएर स्वास्नीको पट्ट भइहाल्छन् नि ।

यस्तो कुरा भन्दाखेरि कपाल र‌ङ्गाएकीले बूढी भए पनि तरूनी हिरोइनजस्ती देखिएकी श्रीमती वाल्ल परेर केही भन्न नसकी बिना सीताको रामायण को सुनिरहन्छ भनेर सुरुसुरू बाहिर गइन् म हेरेको हेरै भएँ।

०००
२०६२ वैशाख
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मास्टरसाहेब ! नमस्कार !!

मास्टरसाहेब ! नमस्कार !!

सूर्यबहादुर पिवा
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
सपनाको कुरो

सपनाको कुरो

सूर्यबहादुर पिवा
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x