साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसदवादी कम्युनिष्ट

चुनावदेखि चुनावसम्म संसदीय बाटो ! वर्तमान सत्ता प्यारो मार्क्सवादको साटो !! सिद्धान्तमा अविश्वासी सस्तो वाचाबन्धन् ! संसदवादी कम्युनिष्टको व्यक्तिवादी क्रन्दन !!

Nepal Telecom ad

रोहित दहाल :

सर्वाहारा नारा बोक्छन्
नीति सम्भ्रान्तको !
समाजवादी भाषण गर्छन्
व्यवहार सामन्तको !!

संसदभित्र छिरेका छन्
कुरा क्रान्तिकारी !
सूट बूट चिल्ला गाडी
भए भ्रान्तिकारी !!

रातो झण्डा हल्लाउँछन्
तस्करसँग सेटिंग !
लेनिनका किताब राख्छन्
दलालसंग मिटिंग !!

उद्योग छैन निर्यात छैन
मजदूरको अभाव !
सिङ्गो देश हायलकायल
छैन युवा प्रभाव !!

स्वास्थ्य शिक्षा निजीकरण
समाजवादी खोकाई !
आफ्ना सन्तान विदेशतिर
क्रान्ति गर्ने भुकाई !!

नेपालको चुच्चे नक्सा
कुरा साह्रै चर्को !
विदेशसँग निगुरमुण्टी
राष्ट्रवादी बर्को !!

पुँजीवादी शासक भन्दा
फरक भएन कत्ति !
लवाई खवाई बानीहरू
उस्तै काट्टीकुट्टी !!

चुनावदेखि चुनावसम्म
संसदीय बाटो !
वर्तमान सत्ता प्यारो
मार्क्सवादको साटो !!

सिद्धान्तमा अविश्वासी
सस्तो वाचाबन्धन् !
संसदवादी कम्युनिष्टको
व्यक्तिवादी क्रन्दन !!

०००
विराटनगर ३, मुनालपथ, मोरङ
हालः दुवाकोट २, मिलनटोल, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x