अर्जुन पराजुलीछैन !
भिजेरै बिताएँ जिन्दगी झरीमा मैले मसँग कुनै दलको छाता छैन ! घर छ, खुला छ गोप्य चोटो-कोठो छैन भित्तो छ, रितो छ टाँस्नलाई कसैको फोटो छैन !

अर्जुन पराजुली :
मेरो कसैसँग कुनै लेनादेना छैन
कसैकोमा आताजाता छैन !
तक्मा पुरस्कार र नियुक्तिसँग
मेरो कुनै नाता छैन ।
महिनैपिच्छे खातामा पैसा हालिदिने
मसँग कुनै दाता छैन !
भिजेरै बिताएँ जिन्दगी झरीमा मैले
मसँग कुनै दलको छाता छैन !
घर छ, खुला छ
गोप्य चोटो-कोठो छैन
भित्तो छ, रितो छ
टाँस्नलाई कसैको फोटो छैन !
मसँग त-
एउटा सानु कलम छ
एक पानु धर्के कापी छ
र,
एक मुठीजति डिको नभएका अक्षर छन् !!
०००
सितलपाखो, कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest









































