साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशीर्वाद

गुन्डा चोर दलालखोर गँजडी सम्बन्धमा गाँसियून् । जे पर्छन् परिवारभित्र सबका बाधा व्यथा नासियून् । सर्लक्कै यति काम बन्न नदिने वैरीहरू मासियून् । नाता इष्ट कुटुम्ब बन्धुसँग ती पातालमा भासियून् ।।

Nepal Telecom ad

दिनेश पाण्डेय :

आयुर्द्राेणसुते महाजन जुटे यो देश सिङ्गै लुटे
ऐश्वर्यं नहुषे करोड मतका सद्भाव सारा चुसे
दानं सूर्यसुते अदालत लुते मुद्दा मिलाई थुते
विज्ञानं विदुरे मधेस र चुरे भैया छिराई पुरे ।।१

हे दुर्गे जगदम्बिके भगवती आराम होस् गाथमा
तिम्रो दृष्टिकृपा मिलोस् मुलुकको चाबी परोस् हातमा
खाऊन् टन्न ढुकी लुकेर ढुकुटी ढाडे बिरालासरि
कुम्ल्याए गतिलै किनी जखमले टक्र्‍याउनेछौँ बलि ।।२

छोराको बढु्वा मिलोस् सचिवमा प्रत्यक्षमा श्रीमती
सम्धी सुट्ट समानुपातिक बनून् छोरी करोडौँपति
आफन्ती जन मालपोतभरि हून् लागोस् भलो आसिक
‌‌पाठो जब्बर जोसिलो जखमले टक्र्याउँला वार्षिक ।।३

न्यायाधीश बनून् जुवाइँ, ससुरा आयुक्तमा छानियून्
सासूको पद अख्तियारतिर होस् साला उतै तानियून्
घ्याम्पे पेट फुटेर छानबिनमा कोही फसे ता पनि
ड्याम्मै क्विन्टलको सुवर्णजलले छम्केर चोख्याइयून् ।।४

गुन्डा चोर दलालखोर गँजडी सम्बन्धमा गाँसियून्
जे पर्छन् परिवारभित्र सबका बाधा व्यथा नासियून्
सर्लक्कै यति काम बन्न नदिने वैरीहरू मासियून्
नाता इष्ट कुटुम्ब बन्धुसँग ती पातालमा भासियून् ।।५

सत्तासाफ मिली सदस्य घरका हालीमुहाली गरून्
पत्तासाफ भई विरोध धुरमा झन्डा नयाँ हल्लियून्
खाता देशविदेशका जमिरहून् पूरा बनून् चाहना
आशीर्वाद सँभाल यो हृदयको सद्भावनासाथमा ।।६

०००
नुवाकाेट, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x