साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाइँका कान के कान ? कानेपोखरीको कान पो कान

यत्रा कान टेबलमुनि कसरी पुग्दो हो खै ? यत्रा कान होटलको ढोकाबाटै छिर्दैन भने मुख नभएको कानले त के पो खायो होला खै ?

Nepal Telecom ad

मोरङको कानेपोखरी गाउँपालिकाले कान बनाएछ । संसारकै ठूलो कान बन्यो कि क्या हो ? माननीयहरूले गिनिज बुकमा पाना खाली राख्नु भएको छ कि छैन ? यसो नाउँ लेखाउँन पाइन्थ्यो कि !

कानेपोखरी गाउँपालिकाले ठीक गर्‍यो । कङ्क्रिटको कान, पाँच लाखको कान, पार्क बनेछ, कान हेर्न जानलाई गेट पनि बनेछ, कानलाई हेर्न भनेर आँखा लिएर जानेहरूसँग प्रवेश शुल्क लिनुपर्छ अब ।

हामी सानो हुँदा तिम्रो कान कागले लग्यो भनेर हामीलाई धुरुधुरु रुवाउनेहरूलाई खुच्चिङ । यी देख्यौ कङ्क्रिटको पाँच लाखे कान । कसले बोकेर लाने यत्रा कान ? त्यहीमाथि कानका लागि लाखौंका गेट । गेटमा चाइनिज ताल्चा । ताल्चा खोल्ने कर्मचारी । मन्त्रालयतिर काम नलाग्ने सिसिटिभी छन् भने वरपरका बुट्यानमा टाँस्न पाए यो एक्लो कान जोगिन्थ्यो कि !

कानको काम सुन्ने हो तर पनि हरहिसाब गर्ने कर्मचारीले यहि कानका नाममा खानपान चलाए भनेर मान्छेहरू विनाप्रमाण आरोप लाउँछन् । यही कानले खै के के सुँघ्ने काम गर्‍यो भन्छन् । यत्रा कान टेबलमुनि कसरी पुग्दो हो खै ? यत्रा कान होटलको ढोकाबाटै छिर्दैन भने मुख नभएको कानले त के पो खायो होला खै ?

मान्छेहरू आफ्ना कान थुनेर बस्न सक्दैनन् अनि अरुका कानमाथि व्यर्थमा घान हाल्दछन् । यो अटेरी कानका अघि उभिएर राष्ट्रिय गान गाउँनु छ । कानकै मुनि बसेर खादा, माला लाउनु छ । कान पड्किने गरी शहीदका नाममा भाषण दिनु छ । दुख पर्दा जनतालाई चाउचाउ राशन दिनु छ । कान पाक्नेगरी कान थाक्नेगरी जिन्दावाद र मुर्दावाद गाउँनु छ ।

यस्ता कानको जय जय होस् । यस्ता कानको कीर्ति एक कान दुई कान मैदान होस् ।

०००
फोटोः अनलाइन खबर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x