साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औँठी, देश र संक्रमणकाल

ओ मित्र थ्री नट थ्री राइफल बोकेन भने यो असुरक्षित हुने समय हो यो यज्ञ होइन देशलाई हाइ डोज क्रान्ति चाहिएको छ ।

Nepal Telecom ad

देश न शान्तिको मुडमा छ
देश न क्रान्तिको मुडमा छ
देश संक्रमणमा छ
चेग्वेभारा बन्छु भनेर हिँडेको कमरेड
जग्गा दलाल बनेपछि
देश संक्रमणमा छ
खुस्चेव र बुद्धको फ्युजन गर्दा
झाँक्रीहरूको जादु निक्लेपछि
देश न पशुपतिको कृपामा छ
देश न प्रभु येशुको आशीर्वादमा छ
क्रान्तिकारी गीत लेखेर
टुबोर्क पिएपछि
कमरेडहरूमा चढ्न थालेको छ
बाकुनिन बन्ने भूत
नेपालमा माक्र्स जन्मेको समाचार लेखेर
चर्चमा संगति गर्न हिडेपछि
जन्मिने त धार्मिक दुर्गन्ध हो
कमरेडहरू झोला पर्फ्युम बोकेर हिँड्छ्न्
देखावटी दृश्यहरूले
बनावटी क्रान्तिको भाष्य रचिरहेछ
यो डरलाग्दो छ
प्रगतिशील लेखक संघमा
आवद्ध कमरेडहरूले
खरिद गरेका छ्न्, मुलायम औँठी
बोन्पोहरूसँग मन्त्र सिकेर
अधिकारवादी नेता छिरेको छ अमेरिकन दूतावास
मुन्धुमको गीत गाउने पहिचानवादी साथी
वडा अध्यक्ष भएको छ
ऊ डोजरमा लिङ्देनको फोटो टाँसी हिँड्छ
बहुचर्चित नेताले जोगीसँग औँठी र माला उपहार मागेपछि
कमरेडहरू निश्चिन्त भएका छ्न्
साढे सातको दशामा छ देश
शनि र राहु ठिक ठाउँमा छैनन्
कालसर्प योग परेको छ असार र साउनमा
शनिबार माछा मासु नखानु
मंगलबार पिपलबोटमा पानी चढाउनु
सोमबार शिवको नाउँ सातपल्ट जप्नु
साम्राज्यवाद र राष्ट्रवादको फ्युजन गर्दा
विचारभन्दा माथि देश भन्ने सिद्धान्त जन्मेपछि
देश बचाउने एउटा गतिलो यज्ञ चाहिएको छ
ओ मित्र
थ्री नट थ्री राइफल बोकेन भने
यो असुरक्षित हुने समय हो यो
यज्ञ होइन
देशलाई हाइ डोज क्रान्ति चाहिएको छ ।

रसुवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x