साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच उक्तक

सहारा हुन् एक अर्काका भार थाम्ने घुँडा उमेर हुँदा तड़क भड़क उमेर ढल्केपछि, पतिपत्नी एकअर्काका आगो ताप्ने मुढा ।

Nepal Telecom ad

उक्तक-१
जस्ले धेरै लुट्यो ऊसैले कुट्यो
मन र मुटु जुट्यो सजिलै फुट्यो
नाता न साता कस्यो पाता भाइ,
नक्कली नाता थ्यो सजिलै छुट्यो ।

उक्तक-२
नातालाई खाता र साता अनि किताबको गाता नसम्झ प्यारी
रगतको नाता भनेर लामखुट्टेसँग जस्तो नाता नसम्झ प्यारी
हाम्रो उडुस, उपियाँ जुम्रा किर्ना भुसुना जुकासँग नि रगतको नाता छ
नाता रगतको भन्दै आत्मियता नै नभएको नाता, नाता नसम्झ प्यारी ।

उक्तक-३
मान्छेको स्वरूप त काठमा सिप लाएर खोपे पनि निस्कन्छ
छिनु मैरी र घनले ढुंगा काठमा जतनले खोपे पनि निस्कन्छ
सास त खलाँतीले पनि फेर्छ तर के खलाँतीमा चेतना हुन्छ र ?
ढुंगाको मूर्ति, मान्छेमा चेतना पक्कै हुन्छ नखोपेमा पनि निस्कन्छ

उक्तक-४
बुढा भए बुढीलाई भर, बुढी भर गर्ने बुढा
सहारा हुन् एक अर्काका भार थाम्ने घुँडा
उमेर हुँदा तड़क भड़क उमेर ढल्केपछि,
पतिपत्नी एकअर्काका आगो ताप्ने मुढा ।

उक्तक-५
ढुम्रामा प्राण र जावीमा मासु छन्जेल न हो
पुठाको बोसो झरेपछि आफ्नै बन्छ परको
रगत मासुको शरीर जे परे नि बेहोर्ने तक्दिर,
झुपडी नै भा नि घर हो बास लाग्ने ओत हो ।

नर्थ क्यारोलाइना, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x