साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महायज्ञ

Nepal Telecom ad

उहिले नै बलि महाराजले यज्ञ गरेछन् । वामन भगवान उनका यज्ञमा गएर तीन पाइला टेक्ने ठाउँ भिक्षाका रुपमा मागेछन् । बलिले तीन पाइला दिन्छु भनी वचन दिएछन् । पहिलो पाइलो टेक्ता बलिको राज्य रहेको धर्ती नै लगेछन् । दोस्रो पाइलो टेक्ता बलिका राज्यको आकाश लगेछन् । अब तेस्रो पाइलो कहाँ टेकौँ महाराज भन्दा बलिले मेरै टाउकामा टेक भन्दिएछन् ।

बलिका राज्यका जनताले हामी कहाँ बस्नु भनेर सोध्दा तिमीहरू पाताल लोकमा जाओ भन्ने आदेश भएछ र उनका जनता पाताल गए । वामनले टाउकामा टेक्ना साथ बलि भासिएर पाताल पुगेछन् । ती पाइलाहरूको नाम के थियो थाहा भएन ।

अहिले पनि हाम्रा दानवीर बलिहरू त्यस्तै महायज्ञमा लागे । यस महायज्ञमा चाहिँ पहिले जनतालाई भोकमरीको त्रास देखाएर पाताल आदि विभिन्न लोकमा पठाइयो ।

अनि एमसीसी नामको पहिलो पाइलो नेपालका धर्तीमा टेकियो । राजसिंहासनमा बस्ने धेरै राजाहरूमध्ये कसैलाई आश र कसैलाई त्रास भएको नाटक देखाइयो । दोस्रो पाइलो एसपीपी नामको आयो । यसमा मैले बोलाएको र तैँले बोलाएको भन्ने नाटक ती राजाहरूले सुरु गरेका छन् ।

तर तेस्रो पाइलाको नाम के हुने थाहा छैन । बलि महाराजहरूको बचाउको बन्दोबस्त होला तर पाताल लोक जान नसकेका बुढाखाडा रोगीबिरामी अन्धअपाङ्ग निम्छरा निमुखा बालबच्चाहरू पो कुन लोकमा पुग्ने होलान् भन्ने खासखुस महायज्ञकै मण्डपमा चल्दै छ ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x