साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कट्टु र नेता

कट्टु सफा नगरेमा जुम्राले राज गर्दछ नेता सफा नभएमा गुण्डाकाे साथ हेर्दछ । नेता कट्टु दुरुस्तै छन् छिट्टै फेर्ने बनाउँछन् छिटोछिटो नफेरेमा दुबै नै ती गनाउँछन् ।

Nepal Telecom ad

कुप्रदा :

आयाे ब्राण्डेड कट्टु भन्दै बेपारी त्यो कराउँछ
सबैभन्दा मुलायम् र राम्रो याे छ सुनाउँछ ।
हाम्रो नेता राम्रो नेता भन्दै पार्टीले उठाउँछ
उत्तम् मध्ये उत्तम् यै हाे देशै यसले बनाउँछ ।।

राम्रो सक्कली परे कट्टु शरीरमा सुहाउँछ
च्याप्प बस्दछ जाँघमा तन मुलायम् बनाउँछ ।
नेता पनि उस्तै परे देशलाई सुहाउने
सुख दुखमा जनतासँगै बस्ने उठ्ने रमाउने ।।

नक्कली परेमा बस्दैन, कट्टु खस्न बल गर्दछ
माैका बेमाैकामा तान्दै ठाउँमा ल्याउनु पर्दछ ।
नेता गाउँ छाेडी जान्छ शहर केन्द्रीत रमाउन
गाउँ घरमा लेराउन जानू पर्छ समाउन ।

बिस्तारै जाँघमा कट्टु खुकुलाेपन ल्याउँछ
केही महिनाभित्रै आफ्नु आयतन बढाउँछ ।
नेता पनि त्यस्तै दुरी बढाउँछ जनतासित
गाउँ घर भुल्दछ सारा बस्दछ शहर बीच ।

कट्टु एकै लाए धेरै जिउमा एलर्जी छाउँछ
दुई चार महिना पछि कट्टु फेर्ने स्थिति आउँछ
लामो अवधि एउटै नेता भ्रष्टाचार बढाउँछ
दुई चार वर्षपछि नेता चाेर भनी कहलाउँछ ।

कट्टु सफा नगरेमा जुम्राले राज गर्दछ
नेता सफा नभएमा गुण्डाकाे साथ हेर्दछ ।
नेता कट्टु दुरुस्तै छन् छिट्टै फेर्ने बनाउँछन्
छिटोछिटो नफेरेमा दुबै नै ती गनाउँछन् ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x