गायत्री परिरोशनीबोक्सीका ताजा बात— (२)
उर्वर भूमिमा बाँझो खेती पाकेको छ बस्ती बस्तीमा चुनावी नारा थाकेको छ । दानी बन्दैछन् यहाँ मुटु खाने मान्छेहरु कुकर्मको सत्कर्ममा मतदान साटेको छ ॥

गायत्री लम्साल :
देश बचाउन विदेशी आउँछन् अरे
चुनावी मिठा गीत गाउँछन् अरे ।
आमाबाबाको विहे हेर्ने प्रतिक्षा हाम्रो
सिमानामा मिठो पिरती लाउँछन् अरे ॥
उर्वर भूमिमा बाँझो खेती पाकेको छ
बस्ती बस्तीमा चुनावी नारा थाकेको छ ।
दानी बन्दैछन् यहाँ मुटु खाने मान्छेहरु
कुकर्मको सत्कर्ममा मतदान साटेको छ ॥
कति छन् कति देखाउनै नमिल्ने कुराहरु
जिन्दगीलाई बल्ल बल्ल बचाएका छुराहरु ।
मृत्युलाई तुलोमा राखेर जोख जीवनको मुल्य
बालहट जारी राखेका छन् सत्तरीका भुराहरु ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest








































