साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी तयारी र हाम्रो पार्टीको निर्णय

चन्दाको सहयोग माग्न गतिला मान्छे पठाई अब रातारात थुपार्न पर्छ सँगी हो चाँडै जुटोस् वैभव हाम्रो पर्व महान् बुझेर सबले लागौँ दिलोज्यानले साथी हो उठ जाग लाग पथमा जानेर संज्ञानले ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

हामी बैठक आज भव्य बसियो वार्ता चुनावी भए
पार्टी जान्छ चुनावमा अब सबै त्यागेर शङ्का भय
को कोसाथ चुनावमा गठ हुने निर्क्यौल आजै भयो
मुद्दा राष्ट्र उठानका विषयमा राम्रो तयारी भयो ।।

चन्दा माग्न तयार लिस्ट गरियो दाताहरूका यहाँ
लाखौं खर्च जुटाउने पनि सबै चर्चा भएका जहाँ
धेरै लाग्दछ खर्चपर्च यसमा खादा र माला पनि
गाडी तेल जुटाउने विषयमा निर्क्योल खाका बनी ।।

गर्छौँ आमसभा छिटै सहरमा ल्याएर मान्छेहरू
खाना बास तयार गर्न पहिले ल्याइन्छ भान्सेहरू
हाम्रो यो छ निमन्त्रणा सबजना आएर ताली पिटी
हाम्रो आमसभा यथा नजर होस् घन्केर नारा सिठी ।।

र्‍याली मोटर कारका पनि मजा हेर्ने भए आउनू
आफ्ना बान्धव इष्टमित्र जति छन् साथै तिनी ल्याउनू
आऊन् फुर्सदका तमाम महिला बच्चा तथा सज्जन
हामीबाट हुनेछ माग सबका सम्पूर्ण सम्बोधन ।।

गाडी पूर्व पठाउने खटनको नेतृत्व “ए”ले गरून्
यस्तै पश्चिमको कमान “वि”मला साथै “C” लागी परून्
मेरो मुख्य कमान्डमा सहर यो चौतर्फ घेरा हुने
चर्का भासण गर्नुपर्छ सबले के काम कम्ती हुने ।।

झन्डा लाख सजाउँछौँ सहरका गल्ली तथा मोडमा
नौला ब्यानर छापिने किसिमका हुन्नौँ कमी होडमा
हाम्रो आदर वाक्य “भोट दिनुहोस् नेतृत्व हाम्रो भए
नेपाली जनको मुहार हँसिलो पार्छौँ, सबैको जय ।।”

चन्दाको सहयोग माग्न गतिला मान्छे पठाई अब
रातारात थुपार्न पर्छ सँगी हो चाँडै जुटोस् वैभव
हाम्रो पर्व महान् बुझेर सबले लागौँ दिलोज्यानले
साथी हो उठ जाग लाग पथमा जानेर संज्ञानले ।।

नेपाली पन झल्किने गजबका टोपी सजी माथमा
लठ्ठी पत्थर दाउरा र खुकुरी जे मिल्छ सो हातमा
जो जो मानिस भेटिए सब जना मुन्ट्याउँदै ल्याउनू
दिन्नौँ, जान्न भनेर भन्दछ भने आदेश सिध्याउनू ।।

०००
विकास चोक, ५ भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x