साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाको दुःख !

बाको दुःख, आम्माम्मा, कहिले सालोको चिन्ता, कहिले जेठान, कहिले सासू, कहिले को कहिले को, हरे शिव, बाले आनन्दको सास फेर्न कहिल्यै पाउनुभयो ?

Nepal Telecom ad

धनराज गिरी :

अचम्म भयो। गाउँमा नयाँ भाइरल, तमाशा। बेरोजगारहरूको लागि “हर्क साङपाङ” फिका भए। ओलीजीको स्याल, कुखुरा, बाख्रा स्तरको उच्च बौद्धिक खुराक पनि ओझेलमा पर्यो। प्राध्यापक दयाराम पौडेलको एक मात्र सुपुत्र “युसूफ सैयद अलीराज पौडेलले” एक नानीलाई आफ्नी जीवनसङ्गिनी बनायो। “शायरा प्रजा” मोम्चो। वसन्त पराजुलीको बखान सुनेर। नानी किशोर ढुङ्गानाको कृपाले अन्तोदयबाट एस इ इ गरी भवानी शङ्कर कलेजबाट स्नातक, अङ्ग्रेजी । डेजीमा शिक्षिका, मेधावी। “वाह दिलिपकुमार, बधाई ! यो हो साहस र मानवता!” शेर खान प्राचार्य शारदाकान्तको तारीफ र प्रेरणा । सम्पूर्ण जनवादी विवाह। घरमा अलिअलि रामायण, अलिअलि महाभारत ! दुलहीको शून्य आफन्त। पिताश्री, बा मौन। आमाको रडाको।

दुलही मौन। दुलाहा बोल्यो, “आमा, हजुरको चित्त दुख्नु स्वाभाविक हो। मैले जानी जानी यो बाटो रोजेको हुँ। पहिल्यै भन्ने हिम्मत आएन। आज भन्छु। मेरो कुरा सुन्नुहोला, ध्यान दिएर। आमा, हजुर पनि गुरुआमा, “सारानाका” वाली, लेख लेख्नुहुन्छ, नारीको हकहितको लागि। अन्तर्वार्ता दिनुहुन्छ, छोरीको अधिकारको लागि। मैले यो कदम किन उठाएँ सुन्नुहुन्छ ?” रोकियो क्रान्तिवीर।

“अब के सुन्नु छ र छोरा ! तेरो बहादुरीलाई सलाम! यी राता फूलहरूको सङ्गतमा लागेपछि केही चमत्कार गर्छस् जस्तो लागेको थियो,गरिस् ! कुलको इज्जत ….” । रोक्यो आमालाई, “आमा, कस्तो इज्जत ?केको इज्जत ? इज्जत त अब हुन्छ हाम्रो, एक अनाथ नानीले परिवार पाइन् भनेर। यो नक्कली इज्जत, यो सनातनी सडेगलेको परम्परा, आमा, बाको दुःख, हो बाको दुःख देखेर मैले कसम खाएको थिएँ, म विवाह एक टुहुरीसित गर्छु भनेर ! विवाह अचम्मको अनुष्ठान रहेछ आमा, सोचिन्छ, एक युवक र एक युवतीको जोडी मिल्यो, होइन रहेछ, सम्पूर्ण नेटवर्क, सम्पूर्ण नातेदारहरूसित विवाह हुनेरहेछ। बाको दुःख, आम्माम्मा, कहिले सालोको चिन्ता, कहिले जेठान, कहिले सासू, कहिले को कहिले को, हरे शिव, बाले आनन्दको सास फेर्न कहिल्यै पाउनुभयो ? हजुरलाई पनि माइतीको तनाव, मावलीको पीर, म कुरा बुझ्दिन ? यिनी त एक्ली, आनन्द ! होला लाभ पनि कुटुम्बहरू हुनुको, तर विवेकी र आत्मनिर्भर भए त हो। डस्ने मात्र परेमा गएन जिन्दगी !!? आमा, जीवनमा आफ्नो बारेमा कहिल्यै सोच्न पाउनुभएन बाले।

“बाको दुःख” हो, पिताश्रीको अनुहारमा कोरिएका तनावका रेखाहरूले मलाई यो बाटो रोज्ने प्रेरणा दियो। शायरा र म खुशी रहे भएन आमा ? शायरा हजुरकी जिया, रिया र सिया छोरीहरू जस्तै हुन् । दिदीहरूको समर्थन छ।” रोकियो दुलाहा। दिदीहरूले पनि आमालाई सम्झाए। पिताजीले पनि।

“छोरा, मलाई माफ गर ! बुहारी,आऊ !” अङ्कमाल गरिन्। सबै खुशी भए। “बाको दुःख” यसले सबैलाई भावुक बनायो।

छ वर्षमा दुई छोरी, “इरानी भाग्यश्री र समीरा आरोही” काखमा आए। जोडी नै कलेजमा उपप्राध्याक, बिहान र दिवस, स्कूलमा, डेजी नै। वसन्त पराजुलीले एउटा कथा नै लेखे, भाइरल भयो। “बाको दुःख बुझ्ने छोरो हुनु, यो युगमा चानचुने कुरा होइन !” चिया गफ, हाकिम चोकमा। “छोरीहरूले पनि बुझ्छन् भो !” शिवानी महामायाकी नातिनी, रामपुरे विद्रोही राधिका गिरोपाध्याय। सबैको ध्यान शिवानीतिर। नदीन मुस्कुरायो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x