साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोझिनु किन ?

सबैले गर्नेछन् जयजय बडो सुन्दर भनी इमान्दारी भन्ने मनतिर नराखे रति पनि अझै बाङ्गो बन्ने बलगर तिमी मित्र नचिन मिल्यो बाङ्गै बन्दा शुभ फल भने सोझिनु किन ।

Nepal Telecom ad

डिल्लीप्रसाद  मूलतिहुन :

तिमी कस्ता बाङ्गा सुझ न बुझले बाङ्गिनु परोस्
कतै तिम्रो ठ्याक्कै सरम नरहोस् नाङ्गिनु परोस्
यसो गर्दा आफैं गदगद हुने आदत गर
अझै बाङ्गो बन्ने रहर छ भने मुन्तिर झर ।१ ।

नहोस् थाहा पत्तो असल बनिएँ मूर्ख बनिएँ
कला सिक्तै जाऊ मगज मलले टम्म भरिने
सराप्नेमा जेठो हुनसिक उँभो जानुछ भनी
अझै छाडा बोल्ने रहर गरियोस् जोकर बनी।२ ।

कुनैबेला एक्लै बकबक गरी बम्किन सिक
यसोगर्दै औसी सरह दिउँसै चम्किन सिक
तिमीलाई राम्रो अपच हुनु स्वाभाविक भयो
गनाएरै बस्ने तहबह मिलोस् त्यो उचित हो ।३ ।

म भन्दा जान्ने यो भुवन भरमा को छ र भनी
तिमी हान्ने साँढे सरह सिक है डुक्रन पनि
हिलो मैलोभित्रै चरम सुखको स्वाद छ भने
सफा खोज्ने मान्छेसँग अझतिमी दुश्मन बने ।४ ।

सबैले गर्नेछन् जयजय बडो सुन्दर भनी
इमान्दारी भन्ने मनतिर नराखे रति पनि
अझै बाङ्गो बन्ने बलगर तिमी मित्र नचिन
मिल्यो बाङ्गै बन्दा शुभ फल भने सोझिनु किन ।५ ।

०००
णणण

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x