साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइसियुमा मोबाइल

अर्को मनले भनिरहेको थियो कि अञ्जानमा कुनै गल्ती पो भइहाल्यो कि ? आजको युग इन्टरनेटको युग हो । कतै यस मोबाइलमै मेरो कर्तुत रेकर्ड पो छ कि ? म त केही बुझ्‌न नसकेर रन्थनिएको थिएँ।

Nepal Telecom ad

सञ्जय साह ‘मित्र’ :

बटमवाला मोबाइलमा खल्तीमा थियो । अक्षयकुमारको बेल बटम फिलिमभन्दा पनि मन पर्थ्यो । अझ म पनि कुनै दिन बेल बटम पाइन्ट लगाएर जब बजारमा निस्कन्थें तब पुरातात्विक महत्त्वको मेरो बटमवाला मोबाइलले मेरो शानमा चार चाँद लगाउँथ्यो । भुइमा लतारिने किसिमको मेरो बेल बटम पाइन्ट पुरानो जमानाको अमिताभ बच्चनको त्यो सुपर हिट पाइन्ट जस्तो थियो जुन भुइँतिर कम्तीमा एक हात चौडा हुन्थ्यो । तल फुकेको र माथि फुकेको पाइन्टको खल्तीमा बटमवाला मोबाइलको शान नै बेग्लै ।

कुन्नि के दशा लागेर परदेशी छोरोले बलजफ्ती स्क्रिन टच मोबाइल किन्न लगायो । कुनै जरुरी छ र सबैलाई स्क्रिन टच भएपछि मलाई पनि त्यही मन पर्छ भनेर । छोराछोरीले मेरो लागि होइन, आफ्‌नो इज्जताको लागि नयाँ मोबाइल किन्न लगाएका हुन् । ठिकै छ, मेरो कारणले अर्काको इज्जत बढ्न पुग्छ भने मेरो यसका पैसाबाहेक केही जाँदैन । अझ बरु छिमेकीको पनि इज्जत बढोस् । तर मलाई त कुन कुरामा विश्वास लाग्छ भने जब म ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको गौरवशाली बेल बटम पाइन्ट र बटमवाला मोबाइल बोक्दछु तब मलाई लाग्दछ कि म आफैंमा ऐतिहासिक र गौरवाशाली पुरातात्त्विक महत्त्वको मनुवा हुँ ।

यसै विषयमा एक दिन बुद्ध चोकमा मसित एकजनाको लफडा भएको थियो । बुद्धचोकमा हामीले एक अर्काको टाउको नै फुटाउने काम गरे पनि दिमागमा शान्ति भरिदिने कोही थिएन । दिउँसो पो भीड हुन्छ त । कोरोनाको सङ्‌ङ्कटकालमा राति बुद्ध चोकमा पहिले त भगवान बुद्धिसितै झगडा गरिरहेको थिएँ। मैले झगडा गरेको एकजना भलादमीलाई चित्त बुझेनछ । यसको भनाइ यो थियो कि ऊ हुँदाहुँदै बुद्धसित किन झगडा गर्नु ? मैले सोझै भनें – घरमा दिव्य सुन्दरी श्रीमती हुँदाहुँदै कतिपय मानिस अर्काकी श्रीमती ताक्छन् कि नाइँ ?

यसले सोझै भन्यो : तेरी श्रीमती नराम्री छ भन्दैमा तैंले मेरै श्रीमती ताक्ने ?

म – मैले तपाईंलाई चिनेकै छैन ?

ऊ – मेरी श्रीमतीलाई चिने भइहाल्यो नि, मलाई किन चिन्थिस् ?

अलिकति पिएको थिएँ, यसको बोलीले पूरा होसमा ल्याइदियो । मैले भने : धरोधर्म, मैले सपना पनि आफ्‌नीबाहेक अरुतिर हेर्दिन । एक रात सपनामा यस्तै बर्बराएको थिएँ, टाँगाको घोडाले लात्ती हाने झै पत्नीजीले दिएको लात्तीले मेरो सपना त बेपत्ता भएको छ । त्यसपछि अहिलेसम्म कुनै सपना आउँदैन मेरो ओछ्‌यानमा ।

ऊ : तेरी श्रीमतीजस्ती आइ‌माइसित त हामी बस्नै सक्दैनौं । श्रीमती त मेरीजस्तो हुनुपर्छ । आहा, यसलाई देख्यो कि सपना देख्नै नपर्ने ।
अब यसलाई जिस्क्याउने मौका मिल्यो । मैले भने : यसो भए यार, एक दिनको लागि भए पनि मेरो सपना सापटी ने सही तिम्री श्रीमतीलाई पठाइदेऊ न । त्यो मेरो परम सौभाग्य हुने छ ।

मेरो कुरो फुत्किन नपाउँदै बुद्धकै अगाडि यसले दिएको लात्तीले म रन्थनिएँ । बुद्धकै मूर्तिमा चोट लाग्यो र मैले पनि एक लाती दिएर कुलेलम ठोके । रुदै कराउँदै भाग्दै गर्दा पो निद्रा खुल्यो त ।

बटमवाला मोबाइलको नाम राजा राखेको थिएँ । जब त्यसको रिङटोन बज्दथ्यो तब घरका सबैले भन्ने गर्दथे : राजाबाट बोलावट आएको छ । राजा बोलाइराखिस्यो । एक दिन मेरी पत्नीजे यसो भनेकी थिइन् : राजाजी बोलाइराखिस्या छ ।

यो राजाजी मलाई भनेकी हुन् कि मोबाइललाई वा अरु कसैलाई, मैले अहिलेसम्म बुझ्‌न सकेको छुइँन ।

जे होस्, साह्रै मनपर्ने बटमवाला मोबाइल हुँदाहुँदै रहरले होइन करले नै भए पनि कसैले दुईओटा बिहे गरेर घरमा भित्र्याउनु परे झै मैले पनि स्क्रिन टचलाई भित्र्याएँ । नयाँ मोबाइल त नयाँ दुलहीजस्तै हुने रहेछ । जतिखेर पनि हेरिरहूँ र जतिखेर पनि चलाइरहुँजस्तो । तर मलाई भने खासै रुचि लागेन । म बटमवाला मोबाइलमा नै सर्पले खाने र सर्प बढ्‌दै जाने तथा अन्तमा आफ्‌नै पुच्छर छल्न पनि मुस्किल हुने गेम खेल्न मन पराउँथें ।

कतै जाँदा कहिलकाहीँ एउटै खल्तीमा दुवै मोबाइल बोक्थें । योबाहेक दुई मोबाइलको चिनापर्ची हुन दिएको थिइनँ । मलाइ डर थियो कि कथंकदाचित दुवै मोबाइल मिलेर कुनै दिन हडताल गरिदियो भने म कसरी कोसित कुराकानी गर्ने ? दुवै मोबाइल मिलेर कुनै समस्या सिर्जना गरिदियो भने अर्को अप्ठ्यारो । वास्तवमा मलाई स्क्रिन टच मोबाइल चलाउन आउँदैन तर यो कुरा एक्सपोज हुन दिनु छैन ।

एक दिन नयाँ मोबाइलको भुँडी ठूलो भएजस्तो लाग्यो । शङ्‌का मात्रै होला भन्ठानें । केही दिनमा त प्रष्ट भइहाल्यो । मोबाइलको भुँडी ठूलो
हुँदै आयो । नयाँ स्क्रिन टच मोबाइललाई सबैले रानी भनेर बोलाउँथे। अब मलाई शङ्‌का लाग्यो । राजाले रानीलाई भुँडी बोकायो । अझ यति कम दिनमा नै मोबाइलले भेंडी बोकेपछि मलाई के कुरामा बढी श‌ङ्का लाग्यो भने हो न हो यो मोबाइल मेरो घरमा भित्रिनुपूर्व माइतीदेखि नै पेट बोकेर आएकी थिई कि ?

यो लाजको कुरा कहाँ भन्नु । समय व्यवस्थापन गरेर बडो मुस्किलले मोबाइल किनेको दोकानमा पुगें । त्यहाँ पनि अरुको अगाडि के भन्नु ? ग्राहक आउने र जाने क्रम चलिरहृयो । मैले धेरै बेर कुरेपछि कोही ग्राहक नभएको मौका छोपी साहुलाई भने तपाईंले भुँडी बोकाएर मोबाइल बिक्री गर्नुहुन्छ ? कि तपाइँको दोकानमा कुनै मोबाइलले मेरो मोबाइललाई बलात्कार गरेको हो ? मोबाइल पहिलोचोटि नै अन गर्दा यसमा एउटी हिरोइनको फोटो आएको थियो । त्यत्तिबेला मैले होसै गरिन ।

मेरो समस्या साहुले राम्ररी बुझे किनभने मैले मोबाइल देखाएको थिएँ। यसरी पनि थपिदिएँ: यदि तपाईको मोबाइल दोकानको गल्ती होइन भने यही फुच्चे बेटबटमवाला हो कि बटमवाला मोबाइलको गल्ती हुनुपर्छ ।

मुस्कुराउँदै पसलसाहुको वचन फुत्क्यो : यो तपाईंको गल्ती हो ? तपाईंले नै हो यस्तो राम्रो मोबाइललाई भुँडी बोकाएको । अब तपाईंमाथि कारबाही हुन्छ ।

म त छाँगाबाट खसेजस्तै भएँ। मैले भनें: म त छोरीजस्तै बनाएर यसलाई पालेको छु । अनि कसरी ममाथि बलात्कारको आरोप लगाउनु हुन्छ ।

पसले गम्भीर भएर बोल्यो : तपाईं एक छिन बजार घुमेर आउनुस् । हामी यसको उपचार गछौँ । केहीबेर लाग्छ ।

बजारमा त सबै हाँसीखुसी देखिन्थे । मेरो अनुहारमा भने बार बजिरहेको थियो । ममाथि गम्भीर आरोप लागेको म कमी मलाई एक मनले लागिरहेको थियो कि पसलेमाथि मुद्दा हालिदिऊँ । अर्को मनले भनिरहेको थियो कि अञ्जानमा कुनै गल्ती पो भइहाल्यो कि ? आजको युग इन्टरनेटको युग हो । कतै यस मोबाइलमै मेरो कर्तुत रेकर्ड पो छ कि ? म त केही बुझ्‌न नसकेर रन्थनिएको थिएँ।

यो केही बेर भनेको कति हो ? एक जनालाई सोधे । तिनले नम्र भएर बोल्यो : महानुभाव, यो केही बेर भनेको कति बेर हो भन्ने कुरो म केहीबेर पछि मोबाइलमा हेरेर बताउँछु ।

म पनि त लालबुझक्कड छु । तिनले बताउन नचाहेको कुरा बुझिहालें । अनि पसलतिर लागें ।

केही बेर भन्नुभएको थियो, धेरै बेर पो भयो त ? तपाईंको मोबाइल अहिले आइसियुमा छ ।

किन के भयो ?

केही होइन, तपाईं बढ्‌ता गर्नुहुन्छ । अबदेखि बढ्‌ता गर्नुभयो भने तपाइँलाई हेर्ने कोही हुँदैन । कुरो बुझ्‌नुस् ।

मै के बढता गरें ?

हन्ड्रेड पर्सेन्टभन्दा पनि बढ्‌ता गर्नुहुन्छ र धेरैबेरसम्म गर्नुहुन्छ ।

के हजुर ?
चार्ज ।
मतलब ?

तपाईं यस मोबाइललाई धेरै चार्ज गर्नुहुँदो रहेछ । कुनै पनि हालतमा सय पर्सेन्ट पुगेपछि मोबाइललाई चार्जमा नछोड्‌नुहोला । हैनभने यही हालत हुन्छ ।

म बल्ल कुरो बुझेँ । अलिकति भए पनि आफ्‌नै मूर्खतामाथि हाँसें ।

०००
व्यङ्ग्यम् (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x