साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखा

कर्के आँखा लगाई चरम कुटिलतासाथ जो बोल्छ बाङ्गो देखाई दूध सेतो तर गरल मिसी खेल्छ जो खेल नाङ्गो अर्कै राखी इरादा प्रकट तर हुने ठिक्क पारेर भाका नङ्ग्याई खेल यस्ता सजग हुन सकून् स्वस्थ आँखा चनाखा

Nepal Telecom ad

प्रह्लाद पोख्रेल :


आँखामा दिव्य दृष्टि प्रकट हुन सके देख्‍न पाइन्छ धेरै
भाषामा सूक्ष्म दृष्टि प्रखर हुन सके लेख्‍न पाइन्छ धेरै
आँखाको तीक्ष्ण भाषा हृदयतिर सरोस् भावना स्वच्छ बन्दै
नेपाली एकतामा सबल पथ मिलोस् दृष्टि अन्धो नबन्दै !


स्वेच्छाचारी छिमेकीसित कति सहने दुष्टताको छ खानी
चौपट्टै लुब्ध गिद्धे नजर छ जसको ताक्छ हाम्रै जवानी
चोखो राम्रो जवानी बिटुलिन नदिने स्पष्ट खोजौँ उपाय
छाडी आफ्नो सुरक्षा कति दिन यसरी बस्दछौ निस्सहाय ?


आँखामा बग्छ आँसु प्रतिपल कसरी रोक्नु के हो उपाय ?
पीडाको स्रोत रोक्नै अति कठिन हुँदा बन्छ को खै सहाय ?
यो पीडाबाट मुक्ति प्रगतिसित मिलोस् प्रेम–सद्भाव छाई
हर्षाश्रु–स्रोत बर्सोस् युगल नयनमा मित्रता सल्बलाई


ढुङ्गो आई थिचेझैँ सरल हृदयमा सास रोकी सताई
के हेर्ने क्रूरताको चरम गतिसँगै यातना आततायी ?
यो घाती क्रूरताको अब त मिति पुगोस् यातना दूर पारी
हेरौँ आनन्ददायी अनुपम गतिला दृश्य आँखा उघारी


जो गाँठो पर्छ हाम्रो मुटुतिर पहिले के गरे फुक्छ होला
यात्री निर्विघ्न आफ्नो गतिसित कहिले लक्ष्यमा पुग्छ होला
यस्ता यी दृश्य आफ्नै युगल नयनले हेर्न पाऊन् अवश्य
आँखा यी चम्चमाऊन् चमक अझ थपी पूर्ण खोली रहस्य


कर्के आँखा लगाई चरम कुटिलतासाथ जो बोल्छ बाङ्गो
देखाई दूध सेतो तर गरल मिसी खेल्छ जो खेल नाङ्गो
अर्कै राखी इरादा प्रकट तर हुने ठिक्क पारेर भाका
नङ्ग्याई खेल यस्ता सजग हुन सकून् स्वस्थ आँखा चनाखा


पारी टुक्रा कलेजो वितरण नगरौँ आपसी खण्ड–खण्ड
सग्लो अस्तित्व हाम्रो अमृतमय बनोस् देश पारौँ अखण्ड
आँखाले दृश्य हेरून् प्रगतिमय बनी एकता सग्लिएको
आफ्नै आलोक पाई सहज गतिसँगै सभ्यता अग्लिएको।

०००
२०७२ भदौ ११
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x