साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य – सञ्जीवनी

जस्तो जागृतिपूर्ण चेतनमुखी शिक्षा दियौ शाश्वत भाषा-भक्ति र आत्मनिर्भरपना सम्पूर्ण जाग्ने स्वतः भाषाको चरमा बनोस् घर दरो अस्तित्वशाली बनी भाषा-सेवक भानु ! छौ हृदयमा साहित्य सञ्जीवनी ।

Nepal Telecom ad

प्रह्लाद पोख्रेल :


बोकी जीवन घन्किँदा घरघरै जीवन्त लाग्ने स्वर
भाषा-भाष्कर भानुको उदयमा वाणी बन्यो उर्वर
आफ्नै मौलिकता थियो सँगसँगै अध्यात्मको चिन्तन
भाषा-जागृति जुर्मुराहट भई ज्यादै रमायो मन


रच्दा भाषिक एकतासित जहाँ स्वाधीनताको जग
ढाकी सुन्दर सिर्जना-कुसुमले धर्ती बन्यो जग्मग
हो रामायण रामको प्रियकथा आदर्शको सम्बल
जल्ले जीवनमा दियो प्रतिपला जीवन्त बन्ने बल


भ्रष्टाचार कलङ्क हो अनि ढिलासुस्ती नगर्नू भनी
लेखी व्यङ्ग्य विनोदपूर्ण रचना बानी सुधार्‍यो पनि
नेपाली लय-भाव-शब्द सजिने पस्की मिठा व्यञ्जना
झुल्केथे सहसा मिठा सरसिला सद्व्यङ्ग्यका चेतना


पाएथे जनले जहाँ सरलता आत्मीय सद्भावना
नेपाली जनजिन्दगी उजिलिने आस्वादिला सिर्जना
सोही सिर्जनशील जीवनकथा सम्झेर आजीवन
नेपाली जन गौरवान्वित भई पाए नयाँ जीवन


जल्ले जागृत भावना समयको शिक्षा वधूमा दियो
माला जप्न भनेर भक्तजनमा प्रश्नोत्तरी सुम्पियो
भाषाको मधुगीतमा समयको घन्क्यो मिठो बाँसुरी
घन्केको स्वरमा नयाँ लय भरी हामी थपौँ माधुरी


हे रामायणकार ! मूर्त रचना रच्ने कलाकार हे !
नेपाली जनभावनाप्रिय कवि ! प्यारा जनाधार हे !
गर्दा सिर्जनशील भै जनमुखी साहित्यको थालनी
तिम्रै शाश्वत चेतनासित रमी चम्किन्छ यो लेखनी


जस्तो जागृतिपूर्ण चेतनमुखी शिक्षा दियौ शाश्वत
भाषा-भक्ति र आत्मनिर्भरपना सम्पूर्ण जाग्ने स्वतः
भाषाको चरमा बनोस् घर दरो अस्तित्वशाली बनी
भाषा-सेवक भानु ! छौ हृदयमा साहित्य सञ्जीवनी ।
जय भानु !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x